कांग्रेसका सांसद रायमाझी अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझी अस्पताल भर्ना भएका छन् ।

काठमाडौंमा रहेको आफ्नै निवासमा लडेर घाइते भएका सांसद रायमाझीको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वअध्यक्ष नैनसिंह महरले बताए ।

रायमाझीलाई महारागजञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको महरले बताए ।

‘रमेशजंग रायमाझी दाई बिरामी भएर अस्पताल भर्ना हुनुभएको रहेछ । आज गएर उहाँलाई भेट्यौँ’, उनले भने, ‘दाईको स्वास्थ्य अवस्था सुधार भई सामान्य भएको पायौँ ।’

नेपाली कांग्रेसका सांसद रायमाझीको हातमा चोट लागेको छ ।

रायमाझीलाई भेट्न महरसँगै नेविसंघका नेता पवन यादव पनि त्रिवि शिक्षण अस्पताल महारागञ्ज गएका थिए ।

Published : Friday, 2019 December 6, 6:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया