चितवनमा कांग्रेस कमजोर छैन, जितको सुरुवात भयाेः सभापति श्रेष्ठ
भरतपुर । नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले उपनिर्वाचनको नतिजा जितको सुरुवात मात्रै भएको बताएका छन् ।
बिहीबार भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले वडाको जितलाई महाभारतको रुपमा लिन नहुने बताए ।
‘हामी उपनिर्वाचन जित्छौं भनेर लागेका थियौं जित्यौं पनि’, उनले भने, ‘यो जित महाभारत होइन, सुरुवात मात्रै हो ।’
कांग्रेस सभापति श्रेष्ठले चितवनमा नेपाली कांग्रेस कहिल्यै पनि कमजोर नभएको बताए । उनले कांग्रेस चितवनमा कमजोर छैन भन्ने कुरा उपनिर्वाचनको परिणामले पुष्टि गरेको बताए ।
‘चितवनमा नेपाली कांग्रेस बलियो छ’, उनले भने, ‘चितवनका कांग्रेस दायाँबायाँ चुनावमा भोट हाल्दैन भन्ने संकेत हो यो ।’
श्रेष्ठले वडाबाट सर्वसम्मत उम्मेदवार चयन हुँदा पार्टी विजयी बनेको भन्दै स्थानीयस्तरमा पार्टी बलिया बन्नुपर्ने बताए ।
श्रेष्ठले विजयी वडाध्यक्षहरूलाई बधाइ दिँदै वडाध्यक्षहरूको काम र निर्णयले नै पार्टीलाई फाइदा या बेफाइदा हुने भएकाले जनताको सेवामा लाग्न निर्देशन दिए ।
‘उपनिर्वाचनबाट जितेकाबाट जनताले धेरै आश गरेका छन्’, उनले भने, ‘तपाईहरूको काम र व्यवहारले नै जनताले पार्टीलाई विश्वास गर्ने हो । यसमा सजग रहनु होला ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया