प्रचण्डले देउवालाई बुढानिलकण्ठमा सुटुक्क भेटे
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् ।
काठमाडौंको बुढानिलकण्ठस्थित देउवाको निवासमा बिहीबार बिहीबान देउवा र दाहालबीच भेटवार्ता भएको हो । देउवाले दाहाललाई कार्यकारी अध्यक्ष भएकोमा बधाइ पनि दिएका छन् । भेट करीब पौने घण्टा चलेको थियो ।
देउवा र दाहालबीच शिष्टाचार भेट भएको जनाइएको छ । उनीहरूका बीचमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा सामान्य कुराकानी भएको स्रोतले जनाएको छ ।
भेटमा देउवाले दाहालसँग प्रधानमन्त्री खड्गप्रसाद ओलीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेका थिए । दाहालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको जानकारी देउवालाई गराएका थिए ।
दाहालले आफूले पार्टीमा कार्यकारी अध्यक्षको हैसियत पाएको र सबै राजनीतिक दलसँग मिलेर अघि बढ्ने बताएका थिए ।
नेपाली कांग्रेसका सभापति देउवाले राष्ट्रहितका विपक्षमा आफू कहिल्यै नजाने तर, कम्युनिस्ट सरकारले पनि विपक्षीलाई नपेल्न सुझाव दिएका छन् ।
स्रोतका अनुसार देउवा र दाहालका बीच नयाँ सभामुखका विषयमा पनि कुराकानी भएको थियो ।
देउवा र दाहालबीच सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी आयोगहरूमा पदपूर्ति, विधेयक निर्माणलगायत विषयमा पनि छलफल भएको दाहाल निकट स्रोतले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया