मन्त्रीलाई चिनियाँ राजदूतको ‘मदिरा’ उपहार

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यानछीले दुईतिहाइको कम्युनिस्ट सरकारका श्रम तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई गिफ्ट स्वरुप मदिरा उपहार प्रदान गरेकी छिन् ।

केही दिन अगाडि श्रमन्त्रीको सपथ लिएका मन्त्री रायलाई चिनियाँ राजदूत यानछीले मदिरा उपहार दिएकी हुन् । राजदूत यानछीले मन्त्री रायलाई दिएको दुई वटा झोलामा ब्ल्याक लेबल रहेको स्रोतले जनाएको छ ।

मन्त्री रायले पनि राजदूतले दिएका उपहारहरूलाई सहर्स स्वीकार गरेका छन् । झोलामा रहेको बस्तुका विषयमा मन्त्री रायको सचिवालयले केही भनेको छैन ।

नेपालको राजनीतिमा नजिकबाट नियाल्दै आएको चीनले आफ्नो प्रभावलाई बढाउन हरेक चलखेल गर्दै आएको छ ।

चीनले नेपालीहरूलाई प्रत्येक दिन जस्तै घुमाउन लैजाने गरेको छ । चीनका विभिन्न स्थानको भ्रमण गराएर ल्याउने गरेको छ ।

चीनले नेपालीहरूको स्तर हेरेर भ्रमणमा लैजाने गरेको छ । आफूलाई काम लाग्ने व्यक्तिहरूलाई दैनिक भ्रमण भत्ता दिएर लैजाने गरेको छ । अन्यलाई भने खानपिनको मात्रै व्यवस्था गर्ने गरेको आरोप छ ।

चीनले नेपालमा उच्च राजनीतिक नेतृत्व, कर्मचारी र युवा पुस्तालाई लक्षित गरेर आफ्नो अभियान चलाउने गरेको छ ।

Published : Wednesday, 2019 December 4, 3:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया