हुम्लामा नेकपाको पुच्छर बन्यो प्रहरी, कांग्रेसले दियो प्रमाण
सिमकोट । नेपाली कांग्रेस हुम्लाले खार्पुनाथ गाउँपालिकामा सम्पन्न उपाध्यक्ष पदको उपनिर्वाचनमा प्रहरी प्रशासन पूर्वाग्रही भएको आरोप लगाएको छ ।
नेपाली कांग्रेस हुम्लाले विज्ञप्ति जारी गरेर मतदानमा सहभागी सबैलाई धन्याावद दिएको छ ।
खार्पुनाथ गाउँपालिकाका नागरिकलाई धन्यवाद दिएको नेपाली कांग्रेसले प्रहरी प्रशासनलाई पूर्वाग्रही भएको आरोप लगाएको छ ।
खार्पुनाथ गाउँपालिकाबासीले नेपाली कांग्रेसलाई देखाएको माया, ममता र स्नेहको कांग्रेस जहिले पनि सदुपयोग गर्ने कुरा सबैमा विश्वस्त पारेको विज्ञप्तिमा जनाइएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुईतिहाईको कम्युनिस्ट सरकारको इशारामा चलेर हुम्लाको प्रहरी प्रशासनले नेपाली कांग्रेसविरुद्ध हर्कत गरेको जनाइएको छ ।
हुम्ला प्रहरीले नेपाली कांग्रेसलाई निर्वाचन हराउने कार्यको सहयोगी बनेकोमा हुम्ला कांग्रेसले दुःख लागेको जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया