कम्युनिस्ट किल्ला भत्काउन कमाण्डिङ गरेको भक्तपुर तरुण

भक्तपुर । भक्तपुर जिल्लाको क्षेत्र नम्बर १ ‘क’मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई जिताउन पार्टीको निर्देशनअनुसार नेपाल तरुण दल भक्तपुरले विशेष भूमिका खेलेको छ ।

पार्टी सभापति दुर्लभ थापाको कमाण्डिङ र निर्देशनमा भक्तपुर तरुण दलले प्रदेश सभा उम्मेदवार भँडेललाई विजयी बनाउन विशेष भूमिका खेलेको हो ।

नेपाल तरुण दल भक्तपुरका नेता एवम् प्रवक्ता राज पुरीले तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाको नेतृत्वमा जिल्लाका तरुणहरूले भँडेललाई विजयी बनाउन आ–आफ्नो तर्फबाट विशेष भूमिका खेलेको बताए ।

‘भक्तपुरमा प्रदेश सभातर्फ उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई विजयी बनाउन नेपाल तरुण दल भक्तपुरले विशेष कार्य गरेको छ’, पुरीले भने, ‘तरुण दलका भक्तपुर जिल्लाका अध्यक्ष राजु थापाको नेतृत्वमा पार्टीले दिएको निर्देशनलाई पूरा गरेका छौँ ।’

निर्वाचनमा तरुणहरूलाई विश्वास गरेर दिएको जिम्मेवारीप्रति भक्तपुर तरुण दलले पार्टी सभापति दुर्लभ थापालाई पनि विशेष धन्यावाद दिएको छ ।

नेपाल तरुण दल भक्तपुरले भँडेलको चुनावी कार्यक्रममा तरुण दलका अध्यक्ष थापाको नेतृत्वमा प्रचार प्रसार र अभियानमा खटाएकोमा नेपाली कांग्रेस भक्तपुरका सभापति थापालाई विशेष धन्यावाद दिएको हो ।

तरुण दलका अध्यक्ष थापाको खुट्टामा समस्या हुँदा हुँदै पनि पार्टीका उम्मेदवार भँडेलको प्रचार प्रसारमा आफै खटिएको थिए । थापाले तरुणहरूलाई आफै खटाएका थिए । कम्युनिस्ट अरिँगालहरूले गरेका हरेक हर्कतलाई तरुण दलले निस्तेज पार्ने कार्य गरेको थियो ।

‘कम्युनिस्टहरूको अधिनायकवादविरुद्ध भक्तपुर तरुण जुनसुकै मूल्य चुकाउन तयार छ’, भक्तपुर तरुण दलका अध्यक्ष थापाले भने, ‘हामी तरुणहरू सबै परिस्थितिको सामना गर्न तयार छौँ । नेपाली कांग्रेसको निर्देशनलाई कार्यान्वयन गर्न सधै तयार छौँ ।’

नेपाल तरुण दल भक्तपुरले उपनिर्वाचनमा लोकतन्त्रलाई संस्थागत गर्न र जित हासिल गर्न कुनै कसर बाँकी नराखेको जनाएको छ ।

Published : Tuesday, 2019 December 3, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया