भीमगिठेमा जीप दुर्घटना, १४ को मृत्यु

बागलुङ । बागलुङ जिल्लाको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

तीन जना घाइते भएका छन् । दुर्घटनामा एक जना बेपत्ता भएका छन् ।

गुल्मीको ईश्मा गाउँपालिकाबाट कूल पूजाका लागि गुल्मी जाँदै गर्दा कार्की परिवार चढेको ग १ ज ५२१९ नम्बरको जीप बागलुङको बडीगाड गाउँपालिका वडा नम्बर ७ स्थित सडकबाट करीब ५०० मिटर तल खोलामा खसेको छ ।

दुर्घटनामा ९ महिला, ४ जना पुरुष र एक जना बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवराज भट्टराईले बताए ।

अन्य ३ जना गम्भीर घाइते भएका छन् । एक जनालाई खोलाले बगाएर बेपत्ता भएको एसपी भट्टराईले जानकारी दिए ।

घाइतेलाई प्राथमिक उपचारका लागि उद्धार गरी बुर्तिबाङ ल्याइएको छ । थप उपचारको काठमाडौं ल्याउन हेलिकप्टरको पहल गरिएको प्रहरीले जनाएको । जीपमा १८ जना सवार थिए ।

Published : Tuesday, 2019 December 3, 12:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया