सागगेममा कम्युनिस्टहरूले गरे भ्रष्टाचार, मन्त्री र भीआइपीहरूलाई निःशुल्क कपडा
काठमाडौं । दुईतिहाइको कम्युनिस्ट सरकारका मन्त्रीहरूलाई खेलकुद मन्त्रायले निःशुल्क रुपमा कोट, दौरा, सुरुवाल वितरण गरेको छ ।
१३औं साग खेलकुदको उद्घाटनका लागि कम्युनिस्ट सरकारका मन्त्रीहरूलाई निःशुल्क दौरा–सुरुवाल र कोट वितरण गरिएको हो ।
निःशुल्क पाएपछि गृहमन्त्री रामबहादुर थापाले पनि दौरा–सुरुवाल र कोट लगाएका छन् । मन्त्रीको शपथ लिँदा उनले दौरा सुरुवाल लगाएका थिएनन् ।
चीनका राष्ट्रपतिको नेपाल भ्रमणका बेला प्रधानमन्त्री खड्गप्रसाद ओलीले दौरा–सुरुवाल लगाउन दिएको निर्देशनलाई पनि थापाले अस्वीकार गरेर सर्ट र पाइन्टमा उपस्थित भएका थिए ।
सागगेमको उद्घाटनका बेला भने गृहमन्त्री थापाले निःशुल्क पाएको दौरा–सुरुवाल र कोट लगाएर कार्यक्रममा आएका थिए ।
खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले कम्युनिस्ट सरकारका मन्त्रीहरू र भीआइपीहरूलाई सरकारी पैसामा निःशुल्क रुपमा दौरा–सुरुवाल र कोट वितरण गरेका हुन् ।
सागगेमको पैसाबाट निःशुल्क दौरा–सुरुवाल लगाउनेमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, खेलकुदमन्त्री जगत विश्वकर्मालगायत ४० जना भीआइपीहरू रहेका छन् ।
सागगेमका लागि विनियोजित बजेटबाट उनीहरूले छालाको कालो जुत्ता, मोजा र टोपीसम्म पाएका छन् ।
नेपाली खेलाडीले दौरा–सुरुवालमा मार्चपास्ट गर्ने भनिएकोमा क्रिकेट खेलाडीका लागि दौरा–सुरुवाल सिलाउन नभ्याइएको भन्दै उनीहरूलाई ट्र्याक–सुटमै हिँडाइएको थियो ।
खेलकुदको पैसा दुरुपयोग भएको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले दौरा–सुरुवाल अस्वीकार गरेका छन् ।
उनले सागको नाममा भएको खर्च विवरण हेरेर अनियमिततालाई अस्वीकार गर्न अर्थका अधिकारीहरूसँग संक्षिप्त अनौपचारिक छलफल पनि गरेको नयाँ पत्रिका दैनिकले जनाएको छ ।
आयोजना र व्यवस्थापनका लागि सरकारले पौने चार अर्ब रकम विनियोजन गरेको छ ।
सागगेमको पैसाबाट कम्युनिस्ट सरकारका मन्त्रीहरू र विशिष्ट व्यक्तिहरूले खेलकुदका लागि आएको रकमबाट एक–एक जोर कपडा जोडेका छन् ।
आयोजक समितिका अध्यक्ष खेलकुदमन्त्री, काठमाडौं महानगरपालिकाका प्रमुख, ललितपुर महानगरपालिकाका प्रमुख, पोखरा महानगरपालिकाका प्रमुख, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष, परराष्ट्र मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, युवा खेलकुद मन्त्रालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, नेपाली सेनाका रथीले पनि सागकै खर्चमा दौरा–सुरुवाल सिलाएका छन् ।
मन्त्रीलगायत विशिष्ट व्यक्तिहरूका लागि त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरको भुुइँ तलामा रहेको श्रीनाथ कलेक्सनमा दौरा–सुरुवाल सिलाइएको हो ।
श्रीनाथ कलेक्सनले खेलाडीसहित विशिष्टका लागि ८ सय ४० थान दौरा, सुरुवाल र कोट सिलाउने ठेक्का पाएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया