जनताले कांग्रेस र कम्युनिस्ट दुबैलाई सच्चिन आदेश दिएः गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगन थापाले उपनिर्वाचनको सन्देशले विरक्तिएका कम्युनिस्टहरूलाई सच्चिने ठूलो मौका दिएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत युवा नेता थापाले दुईतिहाइको शक्तिशाली कम्युनिस्ट सरकारलाई सच्चिन जनताले आदेश दिएको बताए ।
‘उप–चुनावले नेकपालाई स्पष्ट सन्देश दिएको छ–सरकारको शैली सच्याउ नत्र सकिन्छौ । सच्चिने वा सक्किने उसको कुरा’, उनले भने, ‘तर सन्देश हामीलाई पनि त छ ।’
थापाले नेपाली कांग्रेसलाई पनि उपनिर्वाचनमार्फत जनताले तिमीहरू सुध्रिनुपर्छ भनेर स्पष्ट आदेश दिएको बताएका छन् । उनले जनतालाई अनादर गर्न नहुने पनि बताएका छन् ।
‘नेकपासँग बिरक्तिएको मनलाई तिम्रो मतमा बदल्न चाहन्छौँ भने पहिला आफै बदलिउ मतदाताको यो सन्देशलाई बुझ्ने कि पछि पछुताउने यो हाम्रो कुरा’, नेपाल कांग्रेसका युवा नेता थापाले भनेका छन् ।
नेपाली कांग्रेसले कम्युनिस्टका दुई शक्तिशाली स्थानलाई कब्जा गरेको छ । भक्तपुरको क्षेत्र नम्बर १ ‘क’ र धरान उपमहानगरपालिका कब्जा गरेको नेपाली कांग्रेसले आफूलाई अझै सुधार गरेर जानुपर्ने नेताहरूले बताउन थालेका छन् ।
नेपाली कांग्रेसको यो भनाइले पार्टीभित्र जे असहमति भएपनि मिलेर जाँदा जित सुनिश्चित छ भन्ने धारणा नेताहरूले दिन थालेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया