सत्ताको बलजफ्तीका बाबजुद कांग्रेसको शानदार जितः तरुण दल
काठमाडौं । नेपाल तरुण दल उपनिर्वाचनमा विजयी भएका नेपाली कांग्रेसका उम्मेदवारहरूलाई हार्दिक बधाइ ज्ञापन गरेको छ ।
तरुण दलका केन्द्रीय उपाध्यक्ष एवम् चुनाव प्रचार प्रसार समितिका संयोजक उत्तम चापागाइँले सोमबार विज्ञप्ति जारी गरेर नेपाली कांग्रेसका विजयी उम्मेदवारहरूलाई बधाई दिएका हुन् । उनले पराजित उम्मेदवारहरूलाई पनि पार्टीमा निरन्तर क्रियाशील रहन आग्रह गरेका छन् ।
‘विविध कारणले पराजित उम्मेदवारहरूलाई लोकतान्त्रिक पद्धतिको विकासका लागि नेपाली कांग्रेसको ‘रुख’को छहारीमा निरन्तर क्रियाशील रहन अपील गर्दछु’, उपाध्यक्ष चापागाइँले भनेका छन् ।
तरुण दलका उपाध्यक्ष चापागाइँले लोकतान्त्रिक पद्धतिको सुन्दर पक्षहरूमध्ये आवधिक निर्वाचन पनि रहेको बताएका छन् ।
‘यस अर्थमा मंसिर १४ गते सम्पन्न विभिन्न तहका उपनिर्वाचनको आफ्नै महत्व रहेको छ’, उनले भनेका छन्, ‘प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको यही मान्यता अनुरुप उपनिर्वाचनमा सक्रियता पूर्वक भाग लिएर कतिपय स्थानमा शानदार जित हासिल गरेको छ ।’
‘सत्ता पक्षको बलजफ्ती प्रयासका बाबजुद पनि सबै जसो स्थानमा विगतको तुलनामा राम्रो जनमत हासिल गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यो उपनिर्वाचनमा नेपाल तरुण दलले मेरो संयोजकत्वमा केन्द्रीय चुनाव प्रचार प्रसार समिति गठन गर्दै देशभरि सक्रिय रह्यो ।’
‘यसै क्रममा सत्ता पक्षले गर्न खोजेका कतिपय धाँधली प्रयासलाई तरुणहरूले विफल पारिदिएका छन्’, उनले भनेका छन्, ‘देशभरि नेपाली कांग्रेसको पक्षमा एकखालको उत्साहप्रद माहोल तयार पार्न सकियो ।’
‘निर्वाचन सम्पन्न भैसकेर परिणाम समेत घोषणा भैसकेको अवस्थामा यो सक्रियताको निरन्तरताका लागि सबै तरुणहरूमा विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु’, उपाध्यक्ष चापागाइँले विज्ञप्तिमा भनेका छन् ।
‘लोकतान्त्रिक पद्धतिको विकासका लागि आफ्नो अमूल्य मत प्रदान गर्नु हुने सबै मतदाताहरूलाई नेपाल तरुण दल केन्द्रीय समिति हार्दिक धन्यावाद व्यक्त गर्न चाहन्छ’, चापागाइँले विज्ञप्तिमा भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया