धरानमा हँसिया हथौडाको झण्डा फालेर चारतारे झण्डा फहरियो
धरान । धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन् ।
तीन दशक लामो कम्युनिस्टहरूको एकाधिकार तोड्दै नेपाली कांग्रेसका तिलक राईले धरानमा विजयी हासिल गरेका हुन् ।
धरान उपमहानगरपालिकामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार प्रकाश राई पराजित भएका छन् ।
तिलक राई विजय भएपछि नेपाली कांग्रेसले मतदाताहरूलाई धन्यावाद दिन विजय जुलुस निकाल्ने भएको छ ।
विजय जुलुस पब्लिक स्कुल, छाता चोक, लक्ष्मी चोक, सिंहदेवी चोक, छाता चोक, भानु चोक, पुतली लाइन हुँदै दुर्गा चोक, बुद्व चोक हुँदै पार्टी कार्यालय पुगेर समापन हुनेछ ।
पब्लिक हाई स्कुल धरान १२ को मैदानमा विजय जुलुसको लागि उपस्थित हुन नेपाली कांग्रेसले आग्रह गरेको छ ।
Published : Monday, 2019 December 2, 10:58 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया