कांग्रेसका हिरोले कम्युनिस्ट ढाल्नेवित्तिकै देउवाकाे फोन, जनताकाे सेवक बन्न निर्देशन
भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरको प्रदेश सभामा निर्वाचित गराउन भूमिका खेल्ने भक्तपुर कांग्रेसलाई बधाई दिएका छन् ।
सभापति देउवाले आइतबार नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापालाई फोन गरेर पार्टीका उम्मेदवार कृष्णलाल भँडेललाई विजयी बनाएकोमा बधाई दिएका हुन् ।
‘सभापति शेरबहादुर देउवाले फोन गरेर भक्तपुर कांग्रेस र कृष्णलाल भँडेललाई प्रदेश सभामा विजयी बनाउन भूमिका खेल्ने सबै टिम तथा मतदाताहरूलाई धन्यावाद दिनुभएको छ’, सभापति थापाले भने, ‘जनताले दिएको मतलाई कदर गर्न सचेत गराउनुभएको छ ।’
सभापति देउवाले कांग्रेसलाई भक्तपुरले जिताएर अझै ठूलो जिम्मेवारी दिएको बताएका छन् । देउवाले जनताले दिएको विश्वासलाई डगमगिन नदिन सचेत गराएका छन् ।
नेपाली कांग्रेसका सभापति देउवाले दुईतिहाइको दम्भ पालेर बसेको कम्युनिस्ट सरकारलाई खबरदारी गर्न भक्तपुर चागुनारायणका जनताले नेपाली कांग्रेसका कृष्णलाल भँडेललाई विजयी बनाएको बताए ।
‘यो जितले कांग्रेसलाई ठूलो उर्जा दिएको छ । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई सचेत गराएको छ’, सभापति देउवाको भनाइ उदृत गर्दै भक्तपुर कांग्रेसका सभापति थापाले भने, ‘जनतालाई दास होइन, सेवक ठानेर काम गर्न सभापति ज्यूले निर्देशन दिनुभएको छ ।’
नेपाली कांग्रेसको तर्फबाट भक्तपुर क्षेत्र नम्बर १ ‘क’मा कृष्णलाल भँडेल विजयी भएको खबर थाहा पाउनेवित्तिकै देउवाले भक्तपुर कांग्रेसका सभापति थापासँग खुसी साटेका थिए ।
नेपाली कांग्रेस भक्तपुरका सभापति थापाको नेतृत्वमा प्रदेश सभामा भँडेल विजयी भएपछि भक्तपुरले मात्र नभई देशभरि रहेका कांग्रेसका शुभेच्छुक र कार्यकर्ताहरूले खुसी बाँडेका छन् ।
भँडेललाई जिताउन नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाको पनि विशेष भूमिका रहेको छ । पार्टी सभापतिको निर्देशन र खटनपटनमा तरुण दलका अध्यक्ष थापाले तरुण परिचालन गरेका थिए ।
कम्युनिस्टहरूले भक्तपुरको निर्वाचनका बेला नेपाली कांग्रेसलाई साथ दिएको राप्रपा (संयुक्त)लाई अपांग भनेर होच्याएका थिए । त्यति मात्रै होइन कम्युनिस्टहरूले आफ्ना उम्मेदवारलाई विजयी बनाउन सत्ता र शक्तिको ठूलो दुरुपयोग गरेका थिए ।
उनीहरूले पैसा पनि उत्तिकै खर्च गरेका थिए । तर, भक्तपुरका मतदाताले कम्युनिस्टलाई होइन नेपाली कांग्रेसलाई जिताइदिएका छन् ।
कम्युनिस्टको गढका रुपमा चिनिएको भक्तपुरमा नेपाली कांग्रेसले आफूलाई सफल बनाएको छ । भक्तपुरका मतदाताको यो विश्वासलाई कायम राख्न नेपाली कांग्रेसले धेरै काम गर्नुपर्नेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया