धरानमा कांग्रेस जितको नजिक, कम्युनिस्टहरूकाे गढमा मतगणना शुरु
धरान । धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार बनेका तिलक राई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार प्रकाश राईभन्दा १ हजार ३ सय ७० मतको अन्तरले अगाडि देखिएका छन् ।
सोमबार बिहान ६ बजेको नतिजाअनुसार नेपाली कांग्रेसका तिलक राईले २३ हजार मत पाएका छन् ।
सत्तारुढ नेकपाका मेयरका उम्मेदवार प्रकाश राईले २१ हजार मत पाएका छन् ।
धरान उपमहानगरपालिकाको २० वटा वडामध्ये अब तीन वटा वडाको मात्रै मत गणना बाँकी छ । वडा नम्बर ३ को मतगणना शुरु भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
१ र २ नम्बर वडामा मतगणना हुन बाँकी छ । १, २ र ३ नम्बर वडा मुख्य बजारमा पर्छ । यसअघि १ र २ नम्बर वडा नेपाली कांग्रेसले जितेका वडा हुन् । वडा नम्बर ३ नेकपाको पकड रहेको वडा मानिन्छ ।
धरान उपमहानगरपालिकामा अब दश हजार मतगणना गर्न बाँकी छ ।
नेपाली कांग्रेसले धरान उपमहानगरपालिकामा जित्ने विश्वास लिएका छन् । नेकपाका नेताहरू धरानमा पराजित हुने भन्दै सानो मन लिएर बसेका छन् ।
यसअघि धरानमा कम्युनिस्टहरूले कब्जा जमाउँदै आएका थिए । यस पटक नेपाली कांग्रेसले वर्षौंदेखिको कम्युनिस्टहरूको एकाधिकार तोड्दै छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया