पाँचथरमा कांग्रेसले खोस्यो नेकपाको वडा, जिल खाए कम्युनिस्टहरू
पाँचथर । पाँचथरमा भएको तीन निर्वाचनमध्ये दुई वटा वडाको मत परिणाम सार्वजनिक भएको छ ।
जसमध्ये सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले एक–एक वडामा जीत हात पारेका छन् ।
फिदिम नगरपालिका वडा नम्बर १ मा नेकपाको तर्फबाट उम्मेदवार गजाधार भट्टराई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शुभराज थापालाई ४ सय ७४ मत अन्तरले हराउँदै भट्टराई निर्वाचित भएका हुन् ।
भट्टराईले १ हजार ४ सय ४६ मत प्राप्त गर्दा थापाले भने ९ सय ७२ मत प्राप्त गरे । यसअघि ०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट हर्कबहादुर मोक्तानले ६ मतले नेकपाका भट्टराईलाई पराजित गरी वडध्यक्ष बनेका थिए ।
३ हजार ६ सय ७६ मत रहेको फिदिम नगरपालिका वडा नम्बर १ मा २ हजार ५ सय ८३ मत खसेको थियो ।
वडाध्यक्ष मोक्तानको निधन भएपश्चात यस वडामा उपनिर्वाचन भएको हो । अब फिदिम नगरपालिकामा ८ वटा वडा नेपाली कांग्रेस र ६ वटा वडाध्यक्ष नेकपाको भएको छ ।
नेकपाको गढ मानिएको हिलिहाङ गाउँपालिका वडा नम्बर ७ को वडाध्यक्ष पदमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवार तिलविक्रम इधिंगो निर्वाचित भएका छन् ।
नेकपाको तर्फबाट उम्मेदवार गेहनाथ रिजाललाई ३० मतले पराजित गर्दे इधिंगो निर्वाचित भएका हुन् ।
इधिंगोले ८ सय ४२ मत प्राप्त गर्दा रिजालले ८ सय १२ मत प्राप्त गरे । २ हजार ६ सय मतदाता रहेको उक्त वडामा १ हजार ६ सय ९३ मत खसेको थियो ।
यसअघिको ०७४ को स्थानिय तहको निर्वाचनमा ७ वटा वडा नै नेकपाले जितेको थियो ।
नेकपाको तर्फबाट उम्मेद्धवार बनी विजयी बनेका वडाध्यक्ष तीर्थ तिम्सिनाको निधन भएपश्चात उक्त वडाध्यक्ष पद रिक्त थियो ।
यसअघि तत्कालीन नेकपा एमालेबाट राजनीति गरिरहेका इधिंगोलाई ०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पाटीमा भित्र्याएको थियो ।
यसअघि ०५४ को स्थानीय निकायको चुनावमा समेत इधिंगो साविक भारपा गाविसको अध्यक्ष बनेका थिए ।
फाल्गुनन्द गाउँपालिकाको प्रमुख पदमा भएको निर्वाचनको मतगणना आइतबार बिहान ७ बजे बाट शुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृत नवराज दुलालका अनुसार सर्वदलिय वैठक बसेर बिहान ७ बजेबाट मतगणना थालिनेछ ।
पालिकामा १६ हजार ५ सय ७७ मतदाता रहेको उक्त वडामा १० हजार ८ सय १६ मत खसेको छ ।
नेपाली कांग्रेसको तर्फबाट विजयी बनेका अमरकुमार नेम्बाङको निधन भएपश्चात गाउँपालिका प्रमुखको पद रिक्त थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया