भक्तपुरमा कम्युनिस्टहरूलाई झट्का, कांग्रेसका भँडेलले इतिहाँस रच्दै

भक्तपुर । भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र १ ‘क’मा नेपाली कांग्रेसका प्रदेश सभातर्फका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेले पछिल्लो मत परिणामअनुसार ९ हजार ९५ मत पाएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार डीपी ढकालले ६ हजार ७ सय ८३ मत पाएका छन् ।

मादलले २ सय ४८ मत पाएको छ । गाईले २७९, तराजुले २३६, हँसिया हथौडाले १४ र हातले १४ मत पाएका छन् ।

नेपाल तरुण दल भक्तपुरका नेता एवम् कांग्रेसका भँडेलको तर्फबाट मतगानास्थलमा बसेका राजु पुरीका अनुसार एकदेखि ६ वडासम्मको मतगणना भइसकेको छ ।

Published : Sunday, 2019 December 1, 7:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया