कृष्णबहादुर महरा र शंकर पोखरेलको वडामा कांग्रेस अगाडि

घोराही । दाङको घोराही उपमहानगरपालिकाको वडा नम्बर १६ मा नेपाली कांग्रेसले प्रारम्भीक अग्रता लिएको छ ।

५०० मत गणना हुँदा नेपाली कांग्रेसका तारा डाँगीले २२६ मत पाएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सुरेशबहादुर केसीले १६३ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवारले जगलाल चौधरीले ९५ मत पाएका छन् ।

गाईले ५, भालेले ४, चिलले ३ र हत्केला ४ मत पाएका छन् ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र यौनकाण्डमा डिल्लीबजार कारागारमा रहेका कृष्णबहादुर महराको यो वडामा नेकपाको दब्दबा मानिन्छ ।

Published : Saturday, 2019 November 30, 10:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया