भारतको एक्जिम बैंकले दियो नेपाललाई तीन अर्ब सहुलियत ऋण
काठमाडौं । भारत सरकारको तर्फबाट भारतीय निर्यात–आयात बैंक (एक्जिम)ले नुवाकोट र गोर्खा जिल्लामा आवास निर्माणका लागि भारत सरकारले प्रदान गरेको तेस्रो किस्ताको शोधभर्नाका लागि सहुलियत क्रण व्यवस्था मार्फत ने.रु. ३ अर्ब १० करोड नेपाल सरकारलाई प्रदान गरेको छ ।
नेपालको नुवाकोट तथा गोर्खा जिल्लाका ५० हजार निजी घर पुनर्निर्माणका लागि एक्जिम बैंकले क्रण व्यवस्थामार्फत ५० मिलियन अमेरीकी डलर उपलब्ध गराउने वाचा गरेको थियो ।
यसका अतिरिक्त भारतले यी घरहरूको निर्माणका लागि अनुदान स्वरुप १०० मिलियन अमेरीकी डलर उपलब्ध गराउने प्रतिबद्घता गरेको थियो ।
भारतले हालसम्म घरधनीहरूलाई पहिलो र दोस्रो किस्ता गरी ने.रु. ६ अर्ब ९६ करोड प्रदान गरिसकेको छ ।
घरधनीहरूलाई नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुरुप भूकम्प प्रतिरोधी घर निर्माण गर्न प्रोत्साहन गर्नका लागि भारत सरकारले सामाजिक–प्राविधिक सहजीकरणको सुविधा प्रदान गर्दै आएको छ ।
नेपालमा भूकम्प पश्चातको पुनर्निमाण परियोजना सम्पन्न गर्न नेपाली जनता तथा नेपाल सरकारलाई निरन्तर सहयोग गर्न भारत सरकार प्रतिबद्घ छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया