मविरुद्धको समाचार तथ्यमा आधारित छैनः कुमार पन्त

काठमाडौं । कुमार पन्तले आफूविरुद्ध आएको समाचारको खण्डन गरेका छन् ।

‘तपाईंको लोकप्रिय सञ्चारमाध्यम रिपब्लिका दैनिक अनलाइनमा मेरो नाममा सम्प्रेषण भएको समाचारमा कुनै सत्यता छैन’, उनले खण्डन पठाएर भनेका छन् ।

‘एनआरएनए अध्यक्षका उम्मेदवार कुमार पन्त प्रहरीको निगरानीमा, मानव तस्करसँग कनेक्सन शीर्षकमा तपाईंको अनलाइनले सम्प्रेषण गरेको समाचार तथ्यमा आधारित छैन’, उनले भनेका छन्, ‘त्यस्ता समाचारले सर्वसाधारणलाई भ्रममा पार्ने भएकाले खण्डन गर्न गरिदिन आग्रह गर्दछु ।’

मानव तस्करीको अभियोगमा जर्मन प्रहरीले पन्तलाई पनि निगरानीमा राखेको भन्ने समाचार सम्प्रेषण भएपछि पन्तले आपत्ति जनाएका हुन् । पन्त हाल गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष छन् ।

Published : Wednesday, 2019 November 13, 4:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया