कांग्रेसद्वारा कम्युनिस्टको किल्ला भत्काउने क्रम जारी, खोटेहाङमा नेकपाभित्र पहिरो
खोटेहाङ । खोटाङ जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नौ जना स्थानीय नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसको खोटेहाङ गाउँपालिकामा ‘गाउँपालिका स्तरीय समिति गठन’का क्रममा नेकपा पार्टी परित्याग गर्दै उनीहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नेकपाले खोटाङ जिल्लालाई कम्युनिस्टको किल्लाका रुपमा लिन्छ ।
नेपाली कांग्रेस प्रवेश गर्नेमा नेकपाका टोल कमिटी सदस्यहरू सोमप्रसाद कोइराला, तिलककर्ण राई, छविलाल राई, जितेन विश्वकर्मा, गणेश विश्वकर्मा लगायत रहेको नेपाली कांग्रेस खोटेहाङ गाउँपालिकाका सचिव लोकराज ढकालले जानकारी दिए ।
उनीहरूलाई पूर्वसांसद तथा महासमिति सदस्य सरस्वती वजिमय, महाधिवेशन प्रतिनिधि वीरकाजी राई, जितेन्द्रसिं ठकुरी, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति तीर्थराज भट्टराई र नेविसंघ खोटाङका सभापति राजकुमार बस्नेतले पार्टीमा भित्र्याएका हुन् ।
नेपाली कांग्रेसले आफ्नो विधान अनुसार संगठन बिस्तारसँगै पार्टीको संघीय संरचना निर्माण कार्य पनि खोटाङ जिल्लाका दश वटा स्थानीय तहमा काम गरिरहेको छ ।
खोटेहाङ गाउँपालिकामा नेपाली कांग्रेसका नेता प्रेमकुमार थापालाई सभापतिको जिम्मेवारी दिइएको छ ।
थापाको नेतृत्वमा ३१ सदस्य खोटेहाङ गाउँपालिका कार्य समिति गठन गरिएको छ ।
उपसभापतिमा हरिबहादुर खड्का र यजुनन्दन घिमिरे, सचिवमा रुपेश राई र लोकराज ढकाल, सह–सचिव किरण राई र नवराज घिमिरे तथा कोषाध्यक्षमा कोषराज राईलाई चयन गरिएको छ ।
टेकमान मगरको सभापतित्वमा खोटाङबजार वडा समिति पनि गठन गरिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया