कास्की २ मा कांग्रेस नेता गुरुङ उम्मेदवार नबन्ने
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद धनराज गुरुङले कास्की क्षेत्र नम्बर २ मा पार्टीका स्थानीय नेताहरूलाई टिकट दिन आग्रह गरेका छन् ।
आसन्न उपनिर्वाचनमा प्रतिनिधि सभा तर्फ कास्की निर्वाचन क्षेत्र नम्बर २ मा गुरुङले आफ्नो दाबी नरहेको बताएका हुन् ।
प्रतिनिधि सभामा एक मात्र सिटका लागि हुन लागेको उपनिर्वाचनमा विगत केही समययता उक्त क्षेत्रमा उम्मेदवार बन्न तिब्र ईच्छा देखाएका गुरुङको दाबीप्रति जिल्ला कार्यसमिति सभापतिदेखि त्यस क्षेत्रका नेता कार्यकर्ताले समेत चर्को विरोध जनाएपछि गुरुङ पछि हटेका छन् ।
बुधबार बिहान टिकट टुंगो लगाउने विषयमा पदाधिकारीहरूको बैठकका बीच नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै केन्द्रीय सदस्य गुरुङको उम्मेदवारीमा दाबी नरहेको स्पष्ट पारेका हुन् ।
‘उपनिर्वाचनमा कास्की क्षेत्र नं २ मा केन्द्रीय सदस्य धनराज गुरुङलाई उम्मेदवार बनाउने भनी सार्वजनिक रूपमा भइरहेको चर्चा क्रममा पदाधिकारी बैठकमै उपस्थित भएर उहाँले स्थानीय साथीहरूलाईनै उम्मेदवार बनाउन उपयुुक्त हुने राय प्रस्तुत गर्नुभएको छ’, शर्माले भनेका छन् ।
स्याङजाका नेता गुरुङ कास्कीमा उम्मेदवार बन्न खोजेपछि जिल्लामा चर्को विरोध शुरु भएको थियो ।
उनी पछहिटेपछि अब सो क्षेत्रमा यसअघि पराजित नेता देबराज चालिसे, पुराना कांग्रेस नेता खेमराज पौडेल र वीरेन्द्रमान विजुक्छेमध्ये एकले उम्मेवार बन्ने सम्भावना बढेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया