कांग्रेसले बुधबार मात्रै टिकट दिने, बुढानिलकण्ठमा कुरा मिलेन, चर्चामा यी नेता
काठमाडौं । उपनिर्वाचनको टिकट वितरणमा सहमति हुन नसकेपछि नेपाली कांग्रेसका पदाधिकारीहरूको बैठक बुधबार बिहानसम्मका लागि स्थगित भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा मंगलबार राति साढे आठ बजेसम्म बसेको पदाधिकारीहरूको बैठकमा उम्मेदवारहरूको विषयमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
उनले भने, ‘उम्मेदवारहरूको बारेमा एककिसिमको सहमति भएको छ । बुधबार बिहान ९ बजे बैठक बसेर माइन्युट गरेर सार्वजनिक हुन्छ ।’
प्रवक्ता शर्माले उम्मेदवारहरूको सूची छोटो बनाइ सकिएको जानकारी दिँदै त्यही सूचीबाट उम्मेदवार बनाइने बताए ।
कास्कीमा प्रतिनिधि सभा तथा दाङ र भक्तपुरमा प्रदेशतर्फको उपनिर्वाचन हुँदै छ ।
कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदै छ । नेपाली कांग्रेसका तर्फबाट धनराज गुरुङ, देवराज चालिसे, वीरेन्द्र बिजुक्छे र खेमराज पौडेलेको नाम चर्चामा छ ।
दाङको ३ ‘ख’मा नेपाली कांग्रेसका केशव आचार्य र शंकर डाँगीको नाम अग्रपंक्तिमा चर्चामा रहेको छ ।
भक्तपुर क्षेत्र नं. १ ‘क’मा नेपाली कांग्रेसका नेताहरू कृष्णलाल भडेल, यादवप्रसाद अधिकारी, सुरेश श्रेष्ठ, विनोद कायस्थको नाम चर्चामा छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया