कांग्रेसले जितेका स्थानीय तहमा जनतालाई राहत दिनुपर्छः देउवा

ठोकर्पा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले जथाभावी कर उठाएर जनतालाई दुःख दिएको बताएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको ठोकर्पामा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले करले जनता आजित बनेको बताए । उनले कम्युनिस्ट सरकारले जनतालाई राहत भन्दा पनि कर उठाएर दुःख दिएको बताए ।

सभापति देउवाले नेपाली कांग्रेसले जितेका स्थानीय तहका सरकारले करको बोझ हटाउन निर्देशन दिए ।

सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकाले जनतासँग कर नउठाएकोमा नेपाली कांग्रेसको नेतृत्वलाई देउवाले धन्यावाद दिएका थिए ।

सुनकोशी गाउँपालिकाले जनतासँग कर उठाउँदैन । यो गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीलाई बलियो बनाउन आग्रह गरे । उनले उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन निर्देशन पनि दिएका थिए ।

Published : Monday, 2019 November 4, 6:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया