कृष्णबहादुर महरा जेल चलान
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवम् निवर्तमान सभामुख कृष्णबहादुर महरा जेल चलान भएका छन् ।
संसद् सचिवालयकी महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका महरालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।
महराविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीवार दायर गरेको मुद्दामा आइतवारदेखि थुनछेक बहस हुँदै आएको थियो ।
जिल्ला न्यायाधीश सुदर्शन राज पाण्डेको एकल इजलासले महरालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतको आदेशसँगै महरालाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
रोशनी शाहीको डेरा रहेको क्षेत्रमा आफू गएको तर, उनको डेरामा प्रवेश नगरेको बयान महराले दिएका थिए ।
महरालाई सभामुखको सरकारी निवास बालुवाटारबाट गत असोज १९ गते दशैंको महाअष्टमीको दिन पक्राउ गरिएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया