सिन्धुपाल्चोकका घाइतेहरूलाई भेटेपछि भावुक बने देउवा (तस्वीर)
बनेपा । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सिन्धुपाल्चोकमा भएको बस दुर्घटनाका घाइतेहरूलाई भेटेर स्वास्थ्य अवस्था र उपचारका प्रबन्धका बारेमा जानकारी लिएका छन् ।
सभापति देउवा सोमबार बिहान काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा पुगेर सुकुटे बस दुर्घटनाका घाइतेहरूलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जानकारी दिए ।
देउवाले घाइतेका आफन्तजन र अस्पतालका चिकित्सकहरूसंग भेट गरी घाइतेहरूको स्वास्थ अवस्थाका बारेमा जानकारी लिएका थिए ।
नेपाली कांग्रेसका सभापति देउवाले घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना गरेर फर्किएका छन् । घाइतेहरूकाे अवस्था देखेपछि नेपाली कांग्रेसका सभापित देउवा भावुक बनेकाे केन्द्रीय सदस्य बस्नेतले बताए ।
उनले सार्वजनिक यातायातलाई भरपर्दो, सुरक्षित बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्नेतर्फ सरकार र सरोकारवाला पक्षहरूको ध्यानाकर्षण गराएका छन् ।
‘संभावित घटना र दुर्घटनाका घाइतेको जतिसक्दो छिटो उपचारका लागि मुलुकका विभिन्न भागमा ट्रमा सेन्टरको स्थापना गर्न सरकारसंग माग गर्दछु’, सभापति देउवाले भनेका छन् ।
सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा आइतबार बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया