तिहारपछि तरुण दलले आन्दोलन गर्ने, ‘शाही’ प्रवृत्ति संगठनमा छिर्न नदिने

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले तरुण दल जहिले पनि अनशासनमा बस्ने बताएका छन् ।

नेपाल तरुण दलको ६६औँ स्थापना दिवसका अवसरमा ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आइतबार बिहान आयोजित चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले तरुण दलभित्र अनशासनहीनता नसहने चेतावनी दिए ।

उनले अनुशासनहीनता जसले देखाउँछ उसलाई कारबाही हुने बताए । ‘अनुशासनहीनता देखाउनेलाई कारबाही गरिसकेका छौँ । हामीले निवर्मतमान महासचिव भुपेन्द्रजंग शाही संगठनको तर्फबाट कारबाही कारबाही पनि गरिसकेका छौँ’, उनले भने, ‘पार्टीको अनुशासन समितिले भुपेन्द्रजंग शाहीसँग स्पष्टीकरण पनि मागेको छ । हामीलाई आशा छ । पार्टीले पनि कारबाही गर्छ ।’

‘पार्टीले एउटा उर्जा लिइरहेको अवस्थामा । पार्टी एउटा दिशामा गइरहेको अवस्थामा । पार्टी विपक्षीसँग लड्नुपर्ने अवस्थामा । नेपाली कांग्रेसको जागरण अभियानलाई नै औचित्यहीन भन्ने । औचित्य छैन भन्ने । नाटक भन्ने । महासचिव भुपेन्द्रजंग शाहीलाई हामीले कारबाही गरिसकेका छौँ । शाही प्रवृत्ति तरुण दलभित्र अब छिर्न दिइने छैन ।’

‘हिजो पनि हामी शक्तिवान थियौँ । आज पनि हामी शक्तिवान छौँ । र, भोली पनि हामी शक्तिवान छौँ’, अध्यक्ष बस्नेतले भने, ‘सडकमा लड्न सक्ने ताकत हामीलाई मात्रै छ । अरु कसैसँग पनि छैन ।’

तरुण दलले धेरै काम गरिसकेको बताएका अध्यक्ष बस्नेतले भने, ‘हामीले गर्नुपर्ने एउटा काम मात्रै छ । त्यो हो सडक आन्दोलन । तिहारपछि नेपाल तरुण दलले ठूलो आन्दोलन गर्नेछ । त्यो आन्दोलनले कम्युनिस्ट सरकारको गलत कुराको भण्डाफार गर्ने छौँ ।’

तरुण दलको कार्यसमिति बन्न नसकेकोमा माफी मागेका बस्नेतले नेपाली कांग्रेसका शीर्ष नेताहरूलाई छिटो कार्यसमिति बनाइदिन आग्रह गरे ।

उनले तिहारपछि कांग्रेसले तरुण दलको नयाँ महासचिव र कार्यसमितिले पूर्णता पाउनेमा आफू आशावादी रहेको बताए ।

Published : Sunday, 2019 October 27, 1:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया