हामी आत्तिनु हुँदैन कांग्रेसको जित निश्चित छः उत्तम चापागाइँ
दाप्चा । नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले कम्युनिस्टहरुबाट नेपाली जनतालाई राहत दिनै नसक्ने बताएका छन् ।
नेपाली कांग्रेस नमोबुद्ध नगर कार्यसमितिले शनिबार काभ्रेको दाप्चामा आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष चापागाइँले देश र जनताको विकास नेपाली कांग्रेसले मात्रै गर्ने बताए । उनले अबको निर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइको बहुमत ल्याउने दाबी गरे ।
अबको निर्वाचनमा नेपाली कांग्रेसको जित सुनिश्चित रहेको उनले बताए । ‘कम्युनिस्टहरुले देशलाई समृद्ध र सुःखी बनाउने भनेर झुक्याएर भोट लिएर दुईतिहाइको सरकार बनाएका छन्’, उनले भने, ‘जनतालाई झुक्याएका कम्युनिस्टहरुको भण्डाफोर गर्नुपर्छ । उनीहरुको गलत कुरालाई जनता समक्ष लैजानुपर्छ ।’
कम्युनिस्टका गलत कुराले मात्रै नेपाली कांग्रेसले चुनाव जित्न नसक्ने बताएका चापागाइँले भने, ‘हामीले कांग्रेस बनाउनुपर्छ । संगठन बनाउनुपर्छ । कम्युनिस्टका गलत कुराको भण्डाफोर गर्नुपर्छ । पार्टीको जागरण अभियानलाई सहयोग गर्नुपर्छ ।’
नेपाली कांग्रेसको पक्षमा जनलहर आउँदै गरेको बताएका उनले नेपाल तरुण दललाई कमजोर रुपमा नलिन प्रहरी प्रशासन र कम्युनिस्टहरुलाई चेतावनी दिएका छन् ।
उनल भने, ‘लोकतन्त्रमाथि प्रहार हुन्छ भने तरुण दल चुप बस्ने छैन । कांग्रेसका कार्यकर्ता र तरुणहरुमाथि प्रहार भयो भने हामीले प्रतिकार गर्न बाध्य हुने छौँ । तरुण दललाई कमजोर नठानियोस् ।’
दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले गाउँका गरिव जनताको कुनै पनि कुरा सुन्न नसकेको उनले बताए ।
तरुण दलका उपाध्यक्ष चापागाइँले कम्युनिस्ट सरकारका प्रधानमन्त्रीले उपचारका नाममा करोडौँ रुपियाँ खर्च गरेको आरोप लगाए । उनले वर्तमान कम्युनिस्ट सरकार भ्रष्टाचार, अनियमितता लगायतका हर्कतमा सक्रिय रहेको दाबी गरे ।
दुईतिहाइको कम्युनिस्ट सरकारले नेपाली जनतालाई भ्रष्टाचार र अनियमितताको उपहार दिएको चापागाइँले बताए । उनले नेपाली कांग्रेसलाई लोकतन्त्र बचाउने दायित्व आइपरेको समेत बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया