योगेश भट्टराईलाई ससुरालीको माया, नातागोताले भरिए आकर्षक पद

काठमाडौं । ठूलाठूला आदर्शकका कुरा गर्दै आएका संस्कृति, नागरिक, उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पथमा हिँडेको आरोप लागेको छ ।

रविन्द्र अधिकारीको निधन भएपछि उनले सम्हालेको पर्यटन मन्त्रालयको मन्त्री अहिले भट्टराई छन् । मन्त्री बनेलगत्तै उनले गरेका धेरै घोषणा र अभिव्यक्ति विवादमा परेपछि भट्टराईको आलोचना भएको छ ।

आफूले गरेको घोषणा विवादमा पर्न थालेपछि र सामाजिक सञ्जालमा आचोलना धेरै हुन थालेको छ ।

प्रचण्डले आफ्ना परिवार, नातागोता, छोरी, बुहारी, भाई, भतिजालाई राज्यको आकर्षक पदमा नियुक्त गरेका छन् ।

मन्त्री भट्टराईले श्रीमती बिन्दा घिमिरेलाई नर्सिङ परिषदको प्रमुख, सालो विश्वम्भर घिमिरेलाई भ्रमण वर्षको सचिवालय, भाञ्जा पिताम्बर सिग्देललाई भ्रमण वर्षको सचिवालय तथा स्वकीय सचिव प्रेम गुरागाइँकी श्रीमती भूमिका पौडेललाई नेपाल पर्यटन बोर्डमा नियुक्त गरेका छन् ।

मन्त्री भट्टराईकी श्रीमती घिमिरे पति मन्त्री बन्नुअघि नै नर्सिङ परिषद् प्रमुख नियुक्त भएकी थिइन् ।

तर, अन्य भने मन्त्री भएपछि भट्टराईले नियुक्त गरेका हुन् । अहिले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा मन्त्री भट्टराईको आलोचना भएको छ ।

Published : Friday, 2019 October 25, 11:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया