कार्यबाहक प्रधानमन्त्री पोखरेलका कान्छा छोरा डान्स क्लवमा कुटिए
काठमाडौैं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलका धुन्दुकारी छोराले काठमाडौंको डान्स क्लवमा कुटाइ खाएका छन् ।
दरवार्गमार्गस्थित डान्स क्लवमा कार्यबाहक प्रधानमन्त्री पोखरेलका कान्छा छोराले दशैँभन्दा केही निद अगाडि कुटाइ खाएका हुन् ।
निर्घात पिटिएका स्वरुप पोखरेलको चार दिनसम्म काठमाडौंकै ग्राण्डी अस्पतालमा उपचार भएको उच्च स्रोतले जनाएको छ ।
कार्यबाहक प्रधानमन्त्री पोखरेलका कान्छा छोरा स्वरुप पोखरेल दुर्व्यसनीमा छन् । स्वरुप पोखरेललाई डान्स क्लवमा राति अज्ञात समूहले कुटपिट गरेको जनाइएको छ ।
ईश्वर पोखरेलका छोराले ‘आफू उपप्रधान तथा रक्षामन्त्री’को छोरा भएको भन्दै डान्स क्लवमा अराजक शैलीमा उफ्रिएका बेला अर्को समूहले दनक दिएको स्रोतले जनाएको छ । क्लवमा ईश्वर पोखरेलका छोराले आफूलाई कसैले कोही गर्न नसक्ने र आवश्यक पर्यो भने क्लवमा रहेका सबैलाई थुनाइदिने भनेर बेलाबेला धम्की दिएका थिए ।
अर्को समूहको कुटाइ खाएपछि स्वरुप पोखरेल बेहोस भएका थिए । त्यसपछि उनलाई उपचारका लागि ग्राण्डी अस्पताल लगिएको थियो ।
कुटपिटपछि बेहोस बनेका छोरालाई भेट्न उपप्रधान एवम् रक्षामन्त्री पोखरेल राति नै ग्रण्डी अस्पताल पुगेका थिए । ईश्वर पोखरेलले बद्नाम हुने डरले घटनालाई थामथुम पार्न मातहतलाई निर्देशन दिएका थिए । तर, उनको निर्देशनले काम गरेन ।
माओवादी पृष्ठभूमि भएका पत्रकार र नेताहरूको लगानी रहेको एउटा अनलाइनले समाचार ब्रेक गरेको छ । त्यो अनलाइनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दोस्रो तहका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’की एउटी छोरीको समेत संलग्नता रहेको छ ।
भीभीआईपीका छोरा कुटिएको खबरले बद्नाम हुन सक्ने भन्दै घटनालाई पोखरेलकै आग्रहमा अति गोप्य राखिएको पूर्वमाओवादी निकटको सो अनलाइनले उल्लेख गरेको छ ।
कुटपिटबाट बेहोस बनेका स्वरुप पोखरेलको चार दिनपछि मात्र होस खुलेको दाबी गरिएको छ । ईश्वर पोखरेलका दुई छोरा छन् ।
कान्छा छोरा स्वरुप पोखरेल मादक पदार्थमा झुम्न रमाउने गर्छन् । त्यही कारण पनि उनी बेलाबेला डान्सवार जाने गरेका छन् ।
कुटाइखाएर अस्पतालमा उपचारपछि स्वरुप एक हप्तादेखि घरमै आराम गरेर बसेका छन् । उनलाई घर बाहिर निस्कन दिइएको छैन ।
भीभीआईपी र भीआईपीका छोराहरू अनेक धन्दामा लागेका कारण बेला–बेला विवादित बन्दै आइरहेका छन् ।
उपप्रधानमन्त्री पोखरेलले छोरा कुटिएको विषयलाई सुक्ष्म रुपले अनुसन्धान गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।
स्वरुप पोखरेलको गलत हर्कतले कुटाइ खाएको भन्ने रिपोर्ट प्रहरीले बुझाएपछि उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल तनावमा परेको चर्चा पूर्वमाओवादीहरूले गरेका छन् ।
स्वरुप पोखरेलले बुबाको शक्तिको आडमा उठौती धन्दामा पनि लाग्दै आइरहेको आरोप छ ।
अमेरिकामा अन्तर्राष्ट्रिय सम्वन्ध पढेर फर्किएका स्वराज पोखरेलको हर्कतबाट पूर्वएमाले नेताहरू पनि तनावमा रहेको चर्चा छ ।
ईश्वर पोखरेलका जेठा छोरा सिजन पोखरेल कृषि अध्ययन केन्द्र नार्कमा वैज्ञानिक छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया