ओली विदेश उडेकै दिन कांग्रेसलाई खुसीको बहार, फाइदै फाइदा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का केन्द्रीय सदस्य कर्णबहादुर बुढासहित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा भित्र्याएका छन् ।

ललितपुर जिल्लाको सानेपामा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूले राप्रपा (संयुक्त) र नेकपाका नेता तथा कार्यकर्ताहरूलाई नेपाली कांग्रेसमा भित्र्याएका हुन् ।

नेपाली कांग्रेस प्रवेश गर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का पूर्व सह–महामन्त्री, कर्णाली प्रदेश पूर्व प्रमुख एवं केन्द्रीय सदस्य कर्णबहादुर बुढासहित राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, डोल्पाका पदाधिकारी र सदस्यहरू प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस प्रवेश गर्नेहरूमा क्रमशः उपाध्यक्ष श्यामबहादुर रोकाया, जिल्ला कार्यसमितिका सदस्यहरू नन्दबहादुर कार्की, शेरबहादुर कठायत, हिक्मत शाही, निमा छिरिङ बुढा, महेश बुढा, शिव झाँक्री, कमलबहादुर बुढा, तजन रोका, तेन्जिङ रोका, दावा छिरिङ भोटे, पेम्वा छिरिङ मगर, फेन्दे गुरुङ, तेन्जिन फूर्वा मगर, मइन बुढा, सरिता बुढा, तेन्जेन रोका, लाउची रोका, लामु झाक्री, राजु हिराचन झाक्री, अम्लेश बुढा, अमिर रोका, टोटाङ रोकाय, मानबहादुर बुढा, सोमराज मल्ल, रन्जना शाही, सन्दर झाक्री, गुरु छोयसाङ बुढा, कार्मा बुढा, वसु झाक्री, लक्ष्मी रोका, रत्न राना, धनिराम मल्ल, नन्दकुमारी मल्ल, रेशम मल्ल, विश्वनाथ राना मगर, प्रद्युम्न शाही, धृष्टधुम्न शाही, यशु शाही, विद्या शाही, सुनिता बोहरा, दिलचन्द्र शाही, आरधना शाही, हिक्मत कुमार बोहरा, अभिमन्यु बोहरा, रमेश शाही, जितेन्द्र शाही, ईन्द्रबहादुर शाही, मलि बुढा, जुना बुढा, विवेक शाही, मीना रोकासहित ४९ जना रहेका छन् ।

पूर्व नेकपा (माओवादी) केन्द्रीय राष्ट्रिय महाधिवेशन आयोजन समितिका सदस्यहरू एवं हाल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णबहादुर शाही र लोकबहादुर चलाउने विना शर्त नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यालय ललितपुरको सानेपामा भएको कार्यक्रममा नेपाली कांग्रेसका सभापति देउवाले नवप्रवेशीहरूलाई पार्टीको सदस्यता प्रदान गरेका हुन् ।

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारको दब्दबा रहेका बेला विभिन्न दलका उच्चस्तरका नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री खड्गप्रसाद ओली विदेश भ्रमणमा उडेकै दिन उनको दलका नेता तथा कार्यकर्ताहरू पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

Published : Thursday, 2019 October 24, 10:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया