भक्तपुरमा तरुण दलको तयारी बैठक, उपनिर्वाचनमा कम्युनिस्टलाई धक्का दिने
भक्तपुर । नेपाल तरुण दल भक्तपुर जिल्ला कार्यसमितिले ६६औँ स्थापना दिवसलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराखने जनाएको छ ।
नेपाली कांग्रेस भक्तपुरको कार्यालयमा बुधबार आयोजित तरुण दलको बैठकले ६६औँ स्थापना दिवसलाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको हो ।
बैठकलाई सम्बोधन गर्दै तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले ६६औँ स्थापना दिवसलाई ऐतिहाँसिक बनाउनुपर्ने बताए । उनले कम्युनिस्टहरूको दब्दबाका कारण लोकतन्त्र खतरामा परेको बेला देशभरिका युवा तरुणहरू एकजुट हुनुपर्ने बेला आएको बताए ।
आफ्नो संस्थाको हैसियत र महत्वा नबुझ्नेका लागि तरुण दलमा कुनै पनि ठाउँ नरहेको चपागाइँले बताए । उनले भने, ‘अनुशासनहीनहरूका लागि जति नै ठूलो पद वा जिम्मेवारी दिए पनि कुनै अर्थ रहँदैन ।’
उपाध्यक्ष चपागाइँले ६६औँ स्थापना दिवसलाई भव्य र सभ्य बनाउन युवा तरुणहरूलाई निर्देशन दिँदै आउँदै गरेको उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई जिताउन आग्रह गरे ।
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले युवा तरुणहरू भनेको कांग्रेसको खम्बा भएको बताए । उनले उपनिर्वाचनमा तरुणहरूको भूमिका रहनेभन्दै एकजुट भएर पार्टीका उम्मेवदारहरूलाई सहयोग गर्न निर्देशन दिए ।
नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले उपनिर्वाचनमा तरुणहरूले पार्टीका उम्मेदवारहरूलाई जिताउन भूमिका खेल्ने बताए । उनले ६६औँ स्थापना दिवसलाई उपनिर्वाचन केन्द्रित बनाइने बताएका थिए ।
तरुण दलले राजधानी उपत्यकाका तीन वटा जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरलाई सानेपामा हुने कार्यक्रममा सहभागी हुन निर्देशन दिएको छ ।
बैठकमा नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँ, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, भक्तपुर तरुण दलका अध्यक्ष राजु थापा, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति जीवन खत्री, तरुण जिल्ला सदस्य, तरुण नगर समितिका अध्यक्ष, तरुण दलका वडाध्यक्ष र सदस्यहरूको उपस्थिति रहेको थियो ।
नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले कात्तिक १० गते ललितपुरको सानेपामा आफ्नो ६६औँ स्थापना दिवस भव्य रुपमा मनाउँदै छ ।
स्थापना दिवसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला, तरुण दलका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणसहितका नेताहरूलाई तरुण दलले बोलाएको छ ।






बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया