विप्लवका छाेरालाई उन्मुक्ति, लाेहनी पक्राउ
भरतपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता गुणराज लोहनी पक्राउ परेका छन् ।
लोहनीलाई चितनव प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो । विप्लवका छोरा प्रकाश चन्दको डेरा नजिकैबाट लोहनी पक्राउ गरेको स्रोतले जनाएको छ ।
सादा पोसाकमा आएका प्रहरीले उनलाई पक्राउ गरी लगेको लोहनीकी श्रीमती सरला रेग्मीले जानकारी दिइन् ।
उनी पक्राउ परेको विषयमा चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले पनि स्वीकार गरेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
लोहोनीलाई सोमबार मात्रै विप्लव नेतृत्वको पार्टी नेकपाले केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग गरेको थियो ।
लोहनीको स्वास्थ्य समस्या देखाउँदै पार्टीले जिम्मेवारीबाट मुक्त गरिएको सोमबार विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।
सरकारले गएको फागुन महिनामा प्रतिबन्ध लगाएपछि विप्लवका नेता कार्यकर्ता पक्राउको क्रम तिब्र पारेको छ ।
दसैंपछि मात्रै दुई दर्जनभन्दा बढि नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
लोहनीलाई प्रहरीले पक्राउ गरे पनि विप्लवका छोरा प्रकाश चन्दलाई भने पक्राउ गरेको छैन ।
चितवन प्रहरीका प्रमुख एसपी मल्लले प्रकाश चन्दलाई पक्राउ नगरेरकिन संरक्षण गरेका छन् भनेर धेरै आश्चर्य व्यक्त गर्दै आएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया