ओलीका अरिँगालहरूलाई कांग्रेसले स्याल बनाएर लखेट्ने, दुर्लभकाे धम्कीले धेरैलाई तनाव
भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले तरुण दलमा आकर्षण बढेको बताए ।
सूर्यविनायक नगरपालिकाको वडा नम्बर १० को शनिबार सम्पन्न अधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले नेपाली कांग्रेसको बिकल्पमा कुनै पनि दल रहेको बताए । उनले तरुढा दल र नेपाली कांग्रेसप्रति जनता आकर्षित भइरहेको बताए ।
‘भक्तपुरमा तरुण दलमा तरुणमा आकर्षण बढेको छ’, उनले भने, ‘भक्तपुरका नेकपाका साथीहरू स्वर्ग जाने अवस्था नआओस् । अब तीन वर्षभित्र स्वर्ग जाने बाटो बन्दै छ । भ्रष्टाचारीलाई पुनः भक्तपुरमा जितायौँ भने फेरि बितण्डा सिर्जना हुन सक्छ ।’
‘राताराता जग्गा दलाल, भू–माफियासँग मिलेर, किसानका जग्गा कब्जा गर्ने रणनीति बनेको थियो’, सभाति थापाले भने, ‘राजनीति व्यापार पनि बनेको छ ।’ प्रतिनिधि सभामा जितेका नेकपाका सांसद महेश बस्नेतले जग्गा दलालसँग मिलेर जग्गा प्लटिङ गरेर रातारात कमाइ गरेको बताए ।
‘सूर्यविनायकमा चप्पल पड्काएर हिड्नेहरू रातारात धनी बनेका छन् । रंगशाला बनाउने कुरा गरेर जग्गाको मूल्य बढाइएको छ’, उनले भने ।
‘तपाईहरू तरुण दलमा लाग्दै गर्दा तपाईहरूको वरीपरी युथ फोर्स र युवा संघमा लागेका केही साथीहरू अलिक ठूलो गाडी चढ्ने भएका होलान् । पल्सर मोटरसाईकल चढ्ने भएका होलान्’, उनले भने, ‘यहाँ कसैले प्लानिङ गरेको ठाउँमा आएर तर्साएर, धम्की गरेर केही पैसा लिन युवा संघ र वाइसियालका साथीहरूले पल्सर मोटरसाइकल चढे म पनि तरुण दलमा लागेर केटिएम ड्युक चढ्छु भन्ने ठानेका त्यस्ता साथीहरूलाई तरुण दलमा हामीले निषेध गरेका छौँ ।’
सभापति थापाले भने, ‘त्यसको मतलव त्यो पनि होइन तरुण दलमा लागेका साथीहरूले आफ्नो उन्नती र प्रगति गर्नको लागि आफ्नो पढाइ र आफ्नो उद्योगधन्दा कलकारखाना सञ्चालन गर्नको लागि कहिँ कतै युवा संघ र युथ फोर्सका युवा आएर धम्की र तर्सा दिन्छन् भने त्यसका विरुद्ध तरुण दलका साथीहरू त लाग्नु हुनेछ सिंगो पार्टी सभापतिको हैसियतले तपाईहरूको सबै काम पढाइ लेखाइदेखि उद्योग धन्दा व्यापारमा कसैले धावा बोल्छ भने त्यसको विरुद्धमा केपी ओलीले भनेको अरिँगाल होइन हामी, स्याल बनाएर लखेट्ने छौँ हामी ।’
‘तरुण दल र तपाईहरूप्रतिको आकर्षण भक्तपुर कांग्रेसको सभापतिको हैसियतले मैले लिनेछु । हामी कहाँ आयौँ र कहाँ आएर अलमलियौँ भनेर सोँच्नु पर्ने छैन’, थापाले भने, ‘पार्टी र घरको ढोका तपाईहरूका लागि चौबीसै घण्टा खुला छ । समयमा अधिवेशन हुन नसक्दा युवा संघ र वाइसियलमा गए । ती साथीहरू तरुण दलमा फर्किन आह्वान गर्छु ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया