सहमति खाेज्न देउवाले देखाए ठूलाे छाती, केन्द्रीय कार्यसमिति सर्याे
काठमाडौं । नेपाली कांग्रेसको मंगलबार बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक दुई दिन पछाडि सरेको छ ।
साउन ७ गते मंगलबार दिउँसो १ बजे बस्ने भनिएकोमा बैठक अब साउन ९ गते बिहीबार अपरान्ह २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठक स्थगित हुनुको कारण केही भनिएको छैन । स्रोतका अनुसार विभागमा रहने सदस्य र अन्य विविध विषयमा सहमति खोज्नु पर्ने भएकाले बैठकलाई दुई दिन पछाडि सारिएको हो ।
बैठकलाई लिएर वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलासहितका नेताहरूले गुटको भेला तिब्र बनाइरहेका बेला सभापति शेरबादुर देउवाले दुई दिन पछाडि कार्यसमितिको बैठकलाई सारेका छन् ।
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई बिहीबारको बैठकमा उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको जनाएका छन् ।
वीपी कोइरालाको ३०औँ स्मृति दिवसका कार्यक्रमहरू परेकाले केन्द्रीय कार्यसमितिको बैठक बिहीबारसम्मका लागि सारिएको जनाइएको छ ।
सभापति देउवाले असन्तुष्ट नेताहरूलाई सहमतिमा ल्याएर केन्द्रीय कार्यसमितिबाट निर्णय गराउने तयारीमा छन् ।
असन्तुष्ट नेताहरूले १४औँ माहाधिवेशनको माग गर्दै आएका छन् । तर, महाविधेशनको माग गर्दै आएका नेताहरू स्वयं पनि तोकिएको समयमा महाधिवेशन होस् भन्ने पक्षमा छैनन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया