नेकपाका केन्द्रीय सदस्यले दिए पिएहरूलाई प्रशिक्षण, कांग्रेसद्वारा बहिस्कार
काठमाडौं । संघीय संसद सचिवालयमा अनियमितताका समाचारहरू दैनिक सरह बाहिर आउने गरेका छन् । तैपनि सुधार हुनुको साटो त्यस्ता घटनाहरूलाई दोहोर्याउँदै लगिएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष र सचिवको कार्यकक्ष बनाउने बहानामा लाखौँ रुपियाँ अनियमितता भएपछि अख्तिार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेर जानकारी लिएको थियो ।
अख्तियारले पत्र काटेकै बेला राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र सचिव राजेन्द्र फुयाँलले आफूहरू बस्ने भवनमा झण्डै पचास लाख खर्च गरेर लिफ्न हाल्दै छन् । उनीहरूले सार्वजनिक खरिद ऐनलाई बेवास्ता गर्दै टेण्डरविनै लिफ्ट हाल्न थालेका हुन् ।
यसै क्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र सचिव फुयाँलको योजनामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सूर्य थापालाई प्रशिक्षक बनाएर सांसदहरूका स्वकीय सचिवहरू (पिए)लाई प्रशिक्षण दिइएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा नेकपाका केन्द्रीय सदस्य थापाले सांसदका पिएहरूलाई प्रशिक्षण दिएका हुन् ।
प्रशिक्षण दिए वापत नेकपाका केन्द्रीय सदस्य थापाले भत्ता र पारिश्रमिक गरेर झण्डै दुई लाख रुपियाँ झ्वाम पारेका छन् । तालिमका लागि स्वतन्त्र व्यक्ति नल्याएर संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले पनि कुनै प्रतिवाद नगरेर नेकपाका केन्द्रीय सदस्य थापालाई प्रशिक्षक बनाएका हुन् ।
संसद सचिवालयले चलाएको प्रशिक्षण कार्यक्रममा नेकपाकै सांसदका धेरै स्वकीय सचिवहरू अनुपस्थित रहेका थिए । नेपाली कांग्रेस र राजपाका सांसदका स्वकीय सचिवहरू पनि तालिम लिन आएनन् । नेपाली कांग्रेस र राजपाका केही सांसदका पिएहरू भने थाहा नपाएर सहभागी भएकाे जनाइएकाे छ । कांग्रेसले याे विषयलाई रूचाएकाे छैन ।
तैपनि तालिमका नाममा झण्डै दश लाख रुपियाँ संसद सचिवालयले असारको मसान्तभित्र खर्च गरेको छ । संसद सचिवालयका महासचिव भट्टराईले फजुल खर्च रोक्न नसकेको भनेर आलोचना भएको छ ।
महासचिव भट्टराईले आफ्नो पद जोगाउन राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र सचिव फुयाँलको निर्देशनमा काम गर्दै आएको चर्चा छ । दुईतिहाइको दम्भ र आडमा नेकपा निकटका तिमिल्सिना र फुयाँलले संसद सचिवालयमा लुट मच्चाएको स्रोतले जनाएको छ ।
उनीहरूका सामु सभामुख कृष्णबहादुर महरा निरिह बनेको आरोप माओवादी पृष्ठभूमि भएका सासदहरूको भनाइ छ । उनीहरूले सूर्य थापा जस्ता व्यक्तिले समेत संघीय संसद सचिवालयमा आतंक मच्चाएको भन्दै आलोचना गरेका छन् ।
उनीहरूले सभामुख महरा समक्ष कुरा पुर्याए पनि कुनै विषयको सुनुवाई भएको छैन । महरा संसद सचिवालयमा निरिह बनेका छन् ।
झण्डै ७० जना करारमा कर्मचारी नियुक्त गर्दा समेत महराले कुनै प्रतिक्रिया दिएका थिएनन् । महराले पनि१०–१५ जना आफू निकटकालाई संसद सचिवालयमा जागिर खुवाएका छन् । नेपाली कांग्रेसले यो विषयमा मुख खोलेको छैन ।
नेपाली कांग्रेस निकटका कर्मचारीहरूले संसद सचिवालयमा भएको भाँडभैलोका बारेमा सरोकारवाला निकायमा भन्ने गरेका छन् । थोरैको संख्यामा रहेका नेपाली कांग्रेस नकिटका कर्मचारीहरूको सुनुवाई कतैबाट हुने गरेको छैन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया