कम्युनिस्ट सरकार र सभामुखको हर्कतको कांग्रेसद्वारा भण्डाफोर

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सर्लाही जिल्लामा भएको विभिन्न हिंसात्मक घटनामा सरकारले विधिको शासन पद्धतिको अपहेलना र मानवअधिकारको उल्लङ्घन साथै नागरिक अधिकार एवं नागरिकको बाँच्न पाउने हकको रक्षा नगरेको जनाएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सोमबार विज्ञप्ति जारी गरेर कांग्रेस र राष्ट्रिय जनता पार्टीले संघीय संसदमा संसदीय छानविन समिति बनाउन माग गर्दा सत्तापक्षले यस्तो महत्वपूर्ण र संवेदनशील विषयमा गम्भीर भई छानविन समिति बनाउन तयार नभएको जनाएका छन् ।

उनले मानव अधिकार, नागरिक अधिकार र जनसरोकारसँग सम्बन्धित गम्भीर विषयका माग पूरा गराउन संसद अवरोध गर्नु परिरहेको जनाएका छन् ।

प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले सर्वसाधारण नागरिकहरूको मानवअधिकार उल्लंघन गर्ने कार्य गरेपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेस र अर्को विपक्षी दल राजपा नेपालले संयुक्त रुपमा सदनमा अबरोध गर्दै आएका छन् ।

कम्युनिस्ट सरकार र सभामुख कृष्णबहादुर महराले विपक्षी दलहरूको मागको सुनुवाई गरिरहेका छैनन् । बरु संसदमा पेलेरै जाने नीति बनाएका छन् ।

Published : Monday, 2019 July 15, 10:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया