ओलीका सामु प्रचण्डले मुख खाेल्न सकेनन्
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूबीच मत बाझिएपछि केन्द्रीय सचिवालय बैठक विना कुनै निस्कर्ष सक्किएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा नेताहरूबीच मत बाझिएपछि जिल्ला कमिटीको इञ्जार्च र सहइञ्चार्ज तोक्ने विषयमा विवाद भएको हो ।
के गर्दा बढि उपयुक्त हुन्छ ? भन्ने विषयमा गम्भीरतापूर्वक छलफल गरिएको र त्यसलाई टुंगो लगाउन बिहीबार बिहान नौ बजे पुनः अर्को बैठक बस्ने सहमति गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीको समय अभावका कारण बैठकमा सो विषयमा विस्तृत छलफल हुन नसकेको श्रेष्ठले बताए ।
बिहीबार बस्ने सचिवालय बैठकले जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज टुंगो लगाउनेछ ।
नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली र दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा तयार पारेको पार्टी जिल्ला कमिटीको इञ्चार्ज र
सहइञ्चार्जको सूचीमा वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका थिए ।
सांसद र मन्त्री भएकाहरूलाई पार्टी जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज दिन नहुने अडान वरिष्ठ नेता नेपालले लिएपछि निर्णय लिन ढिलाई भएको छ ।
मंगलबार नै सचिवालयको बैठकमा सो विषय प्रवेश गराइएको थियो ।
प्रवक्ता श्रेष्ठले बिहीबार बस्ने बैठकमा सो विषयको टुंगो लगाउने र कार्य विभाजनका अरु थप विषयमा पनि छलफल हुने बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत