ओखलढुंगाका गरिव जनताका पीडा छाडेर यज्ञराजका बेलायततिरका कुरा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद यज्ञराज सुनुवारले आफ्नो जिल्लाको भन्दा पनि अरु झिनामसिना कुराहरूमा ध्यान दिन थालेको आरोप लागेको छ ।

ओखलढुंगा जिल्लाबाट प्रतिनिधि सभामा विजयी भएका सांसद सुनुवारले आफ्नो गृहजिल्लाको विकासमा ध्यान नदिएको आरोप छ ।

सुनुवारले आफ्ना मतदाताहरूको पनि कुरा नसुनेको गुनासाहरू बढीरहेका बेला ओखलढुंगाका मतदाताहरूलाई भन्दा पनि देश बाहिरका व्यक्तिहरूको कुरा संसदमा उठाएर आलोचित बनेका छन् ।

संसदको मंगलबारको बैठकमा यस्तै भयो । बजेटमाथिको छलफल चलिरहेका बेला सांसद सुनुवारले आफ्नो जिल्लाको विकास निर्माणबारे कुरा उठाउनुपर्नेमा बेलायती भुपु गोरखा सैनिकको कुरा उठाएर आलोचित बनेका हुन् ।

एमाले पृष्ठभूमि भएका नेकपाका सांसद सुनुवारले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई आफ्नो बेलायत भ्रमणका बेला बेलायती भुपु गोर्खा सैनिकहरूले वर्षौदेखि उठाउँदै आएको समानताको माग सम्बोधनका लागि ठोस पहल गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओली केही दिनपछि बेलायत भ्रमणका लागि जाँदै छन् । त्यो भ्रमणका बेला ओलीले भुपु बेलायती सेनाको मागलाई पूरा गर्न बेलायत सरकारलाई दवाव दिनुपर्ने माग गरेका हुन् ।

Published : Tuesday, 2019 June 4, 8:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया