कांग्रेस बलियो बनाउन गाउँमा संगठन बनाऔँः बालकृष्ण खाँण

काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले नेपाली कांग्रेसको आधारशिला नै गाउँका जनता भएको बताएका छन् ।

जागणर अभियानअन्तर्गत काठमाडौंको क्षेत्र नम्बर ८ मा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले अब नेपाली कांग्रेसलाई पनि कार्यकर्तामा आधारित पार्टी बनाउन जरुरी रहेको बताए । ‘कांग्रेसको जग गाउँका जनता हुन्’, उनले भने, ‘अब हामीले संगठन बनाउने कुरालाई पनि ध्यान दिनुपर्छ ।’

‘इतिहासकै कम्जोर अवस्थामा नेपाली कांग्रेस पुगेको हुँदा हामी संसदमा बलियो उपस्थिति हुन जरुरी छ’, नेपाली कांग्रेसका मुख्य सचेतक समेत रहेका नेता खाँणले भने, ‘त्यसको लागि सबै सदस्यहरू संसदमा अनिवार्य उपस्थित हुन जरुरी छ ।’

उनले भने, ‘राष्ट्रिय सुरक्षा, मिडिया काउन्सिल, मानवअधिकार, सर्वजनिक विधेयक संविधान र जनताको प्रतिकुल छ । सानो आकारमा कांग्रेसका सांसदहरू भएपनि संविधान विरुद्ध आएको विधेयकलाई पास हुन दिँदैनौं ।’

वृद्ध भत्ता बढाएकोमा सरकारलाई धन्यवाद दिदै नेता खाँणले नेपाली कांग्रेसको पूर्वसरकारले गरेको निर्णयअनुसार ६५ वर्ष जेष्ठ नागरिकलाई दिन जरुरी छ । ‘किन भने नेपाली ५२ जिल्लाको जनताहरूको औषत आयु ६५ भन्दा तल छ ।’, उनले भने ।

कांग्रेसका नेता खाँणले देशको अर्थतन्त्र नै धव्स्त हुने बजेट आएको बताए । उनले भने, ‘कार्यकर्तामा आधारित तर जनताको दैनिकी बिरोधी बजेट आएको छ ।’

Published : Tuesday, 2019 June 4, 11:50 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया