सोलु घटनाले गृह मन्त्रालयमा खैलाबैला

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सोलुखुम्बुको विकट क्षेत्र छेस्काममा रहेको प्रहरी चौकीमा आक्रमण भएको घटनाको सत्यतथ्यका विषयमा सुरक्षा निकायका प्रमुहरूसँग जानकारी लिएका छन् ।

गृहमन्त्री थापाले नेपाल प्रहरी प्रमुख महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले घटनाबारे सोमबार दिउँसो सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सोलुखुम्बुको घटनाका बारेमा जानकारी लिएका हुन् । तीन वटै सुरक्षा प्रमुखहरूले घटनाका बारेमा ब्रिफिङ गरेको स्रोतले जनाएको छ ।

ब्रिफिङमा गृह सचिव प्रेमकुमार राई र शान्ति, सुरक्षा महाशाखा प्रमुख सहसचिव रामकृष्ण सुवेदी, गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई र राजनीतिक सल्लाहकार सूर्य सुवेदीपनि उपस्थित थिए ।

स्रोतका अनुसार छेस्काममा ३० देखि ४० जनाको संख्यामा हतियारधारी व्यक्तिको मुभमेन्ट देखिएको थियो बिफ्रिङ गरिएको छ ।

प्रहरी चौकीमा हान्न लागेको आशंकामा त्यहाँको टोली अन्यत्र सरिएको थियो ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सोलुखुम्बुमा आइबार राति चौकीमा आक्रमण भएको विषयलाई लिएर कुनै संलग्नता नरहेको जनाएको छ ।

Published : Monday, 2019 June 3, 11:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया