लाल आयोगको प्रतिवेदन सार्वजनिक होस्ः राजकिशोर यादव

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले कैलालीको टीकापुर घटनाको छानविन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेको छ ।

राजपा नेपालका सांसद राजकिशोर यादवले संसदको सोमबारको बैठकमा शुरूमै समय लिएर बोल्दै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।

‘टीकापुर घटनाको छानविन गर्न गठन भएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुप¥यो । सभामुखबाट पटक–पटक रुलिङ हुँदा पनि सरकारले सार्वजनिक गर्न किन ढिलाइ गरेको छ ३?’, उनले भने, ‘सरकारले अध्ययन गरिरहेको भन्ने कुरा आएको छ । प्रतिवेदन छिटोभन्दा छिटो सार्वजनिक होस् ।’

राजपा नेपालले टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गरेर संसदको प्रत्येक बैठकमा माग गर्दै आएको छ । तर, सरकारले अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन ।

Published : Monday, 2019 June 3, 11:42 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया