स्व.कृष्णप्रसाद भट्टराईको आश्रमबाट कम्युनिस्ट सरकारले सुरक्षाकर्मी हटाइदियो

काठमाडौ । दुई तिहाइको कम्युनिस्ट सरकारले नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको आश्रम सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएको छ ।

ललितपुर जिल्लाको बाँडेगाउँमा रहेको सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराई प्रतिष्ठानबाट सरकारले सुरक्षाकर्मी फिर्ता बोलाइएको स्रोतले जनाएको छ । प्रतिष्ठानमा मंगलबार रातिबाट सुरक्षाकर्मीहरू छैनन् ।

पूर्वप्रधानमन्त्री भट्टराईलाई ललितपुरको बाँडेगाउँस्थित जमिनमा तत्कालीन सरकारले आश्रम बनाइदिएको थियो ।

सरकारले मन्त्रिपरिषद्को निर्णयमार्फत आश्रमलाई लगातार निश्चित रकमसँगै आश्रमको सम्पत्तिको सुरक्षार्थ सुरक्षाकर्मीहरू खटाउँदै आएको थियो ।

आश्रममा अमिता कपाली एक्लै बस्दै आएकी छिन् । कपालीले नै सन्त नेता कृष्णप्रसाद भट्टराईको रेखदेख गर्दै आएकी थिइन् ।

Published : Wednesday, 2019 May 29, 9:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया