सभापति देउवाले भावुक हुँदै गिरिजाबाबुलाई सम्झिए
काठमाडौं । नेपाली कांग्रेसले लोकतान्त्रिक संघीय लोकतान्त्रिक गणतन्त्रको शुभकामना दिएको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार शुभकामना सन्देश जारी गरेर गणतन्त्र दिवसका अवसरमा शुभकामना दिएका हुन् ।
‘गणतन्त्र दिवस २०७६ का अवसरमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरूमा जीवन उत्सर्ग गर्नु हुने वीर शहिदहरूप्रति उच्च सम्मान प्रकट गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु’, देउवाले भनेका छन् ।
‘नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन ०६२–६३ को सफलता पश्चात नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको हो’, नेपाली कांग्रेसका सभापति देउवाद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
‘नेपाली जनताको लामो त्याग र वलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधि मार्फत निर्माण भएको नेपालको संविधान बमोजिम स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभाको ऐतिहासिक महत्वका निर्वाचनहरु नेपाली कांग्रेसको नेतृत्वमा सम्पन्न भई संविधानको सफल कार्यान्वयन भैसकेको छ र संक्रमणकालिन राजनीतिबाट मुलुकले निकास पाएको छ’, देउवाले भनेका छन् ।
‘यी ऐतिहासिक निर्वाचन पश्चात मुलुक नयाँ युग प्रारम्भको ऐतिहासिक मोडमा अगाडि बढिरहेको छ’, उनले भनेका छन्, ‘नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’
देउवाले यस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा हार्दिक शुभकामना दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत