पूर्वसहायक मन्त्रीद्वारा पनि विभूषण बहिस्कार, राष्ट्रपतिसँग पदक नलिने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गर्न लागिएको विभूषण र पदकलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का केन्द्रीय सदस्य एवम् पूर्व सहायकमन्त्री बिराजबहादुर विष्टले पनि बहिस्कार गरेका छन् ।
विष्टले ०७२ सालको संविधान राष्ट्रिय हितमा नरहेको भन्दै विभूषण बहिस्कार गर्नु परेको बताएका छन् । ‘नेपालको संविधान ०७२ को विभूषण बहिस्कार गरेको छु’, उनले भनेका छन्, ‘०७२ को संविधान राष्ट्रिय हितमा छैन ।’
यसअघि नेपाली कांग्रेसका नेता एवम् संविधानसभाका पूर्वसभासद् लक्ष्मण घिमिरेले पनि आफू विभूषण लिन योग्य नरहेको भन्दै राष्ट्रपति भण्डारीद्वारा प्रदान गर्न लागिएको विभूषण र पदक बहिस्कारको घोषणा गरेका थिए ।
संविधानसभाको पदक र विभूषण बहिस्कार गर्नेमा विष्ट थपिएसँगै दुई जना भएका छन् ।
कम्युनिस्ट सरकारले करोडौँ रुपियाँ खर्च गरेर गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति भण्डारीमार्फत जेठ १६ गते बिहीबार पदक तथा विभूषण प्रदान गर्दैछ ।
गणतन्त्र दिवसका अवसरमा कम्युनिस्ट सरकारले बुधबार विभिन्न कार्यक्रमहरू गर्दै छ ।
दोस्रो जनआन्दोलनका बेला धर्मनिरपेक्षताको कुरा उठेको थिएन । तर, गणतन्त्र घोषणाका बेला केही नेताहरूको चलखेलले गर्दा धर्मनिरपेक्षता शब्दावली राखेर दोस्रो जनआन्दोलनको अपमान गरेको आरोप लाग्दै आएको छ ।
तत्कालीन कार्यदलका नेताहरू सुवासचन्द्र नेम्वाङ, कृष्णप्रसाद सिटौला, लीलामणि पोखरेलसहितका नेताहरूले धर्मनिरपेक्षताको शब्द गणतन्त्र घोषणाका लागि तयार पारिएको घोषणामा राखिएको आरोप छ ।
गणतन्त्र घोषणा भएको दिन संसदमा बोल्दै गर्दा नेपाली कांग्रेसका नेता एवम् तत्कालीन संसदका जेष्ठ सदस्य कुलबहादुर गुरुङले धर्मनिरपेक्षताको शब्दावली लेखिएको ठाउँमा सिसाकलमले लेखिएको देखेपछि झस्किएका थिए । नेता गुरुङले अहिले पनि सो कुरा बताउँदै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत