कांग्रेस नेता घिमिरेको निर्णयले कम्युनिस्टहरूलाई झट्का, राष्ट्रपतिसँग पदक नलिने
काठमाडौं । नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरेले गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दिन लागेको संविधान सभा पदक अस्वीकार गरेका छन् ।
कांग्रेसका नेता घिमिरेले राष्ट्रपति भण्डारीले प्रदान गर्न लागेको पदक नलिने बताए । ‘गृह मन्त्रालयबाट पदक ग्रहण गर्न लिखित निम्तो आएको थियो’, उनले भने, ‘मैले त्यो पदका लागि योग्य छैन भनेर लिन अस्वीकार गरेको छ । म त्यो पदक लिन योग्य छैन ।’
पहिलो संविधानसभा सदस्य समेत रहेको घिमिरे यो संविधान अव्यवहारिक र जनभावना अनुरुप नभएको भन्दै धर्म निरपेक्षता र संघीयताका विषयमा फरक मत राख्दै आएका छन् ।
पहिलो संविधानसभाका बेला घिमिरे नेपाली कांग्रेसका प्रमुख सचेतक समेत थिए ।
कम्युनिस्ट सरकारले करोडौँ रुपियाँ खर्च गरेर पहिलो र दोस्रो संविधान सभाका सदस्यहरूलाई गणतन्त्र दिवसको अबसर पारेर बिहीबार पदक प्रदान गर्दै छ ।
कांग्रेसका नेता घिमिरेले पदक अस्वीकार गरेपछि शुभेच्छुकहरूले बधाइ दिएका छन् । कांग्रेसका केही नेता तथा कार्यकर्ताहरूले पनि घिमिरेको सो निर्णयको प्रशंसा गरेर सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत