मतभेद छाडेर कांग्रेसलाई कांग्रेस बनाउनेतिर लागौँः बालकृष्ण खाँण
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण देशको परिवर्तन र विकासको मियो नेपाली कांग्रेस भएको बताएका छन् ।
जागरण अभियानअन्तर्गत काठमाडौंको क्षेत्र नम्बर १ मा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले कांग्रेसले गरेको विकासले नै देशको आर्थिक अवस्था सुध्रिएको बताए । नेपाली कांग्रेसले गरेको विकासका कामहरूलाई द्वन्द्वकालमा माओवादी भत्कार नस्ट गरिदिएको उनले बताए ।
उनले आफ्नो इतिहाँसको वर्तमान र भविस्यलाई समायोजन र संयोजन गरेर अगाडि बढ्न जरुरी रहेको पनि बताए ।
कम्युनिस्टहरूको दुई तिहाइको बहुमतको अहँकारले विश्वमै उत्तम मानिएको संसदीय व्यवस्थालाई फाल्न खोजेको आरोप खाँणले लगाए । ‘सदनमा अब हाम्रो क्रियाकलाप बढ्दै छ । रचनात्मक प्रतिपक्ष बन्नको लागि हामी छायाँ सरकारको अबधारणा बनाएको छौं’, उनले भने, ‘विविधता रहेको हाम्रो देशमा बहुदलीय व्यवस्था उत्तम व्यवस्था हो ।’
उनले भने, ‘वर्तमान सरकार एक दलीय शासन व्यवस्था लादेर सयौं थुङ्गा फूलको माला चुडाउन खोज्दै छन् ।’
‘बिरोधका लागि हामीले बिरोध गरेको होइनौं । शासन नै कम्युनिस्ट जनअधिकार र लोकतान्त्रिक मूल्य मान्यता विरोधी भएको हुनाले हामी बिरोधमा उत्रिएका हौँ’, कांग्रेस नेता खाँणले बताए ।
खाँणले चिसो भनेकै कोकाकोला भने जस्तै राजनीतिक पार्टी भनेको नेपाली कांग्रेस रहेको बताए । ‘चिसो भनेकै कोकाकोला भने जस्तै पार्टी भनेकै नेपाली कांग्रेस हो’, उनले भने, ‘हामीले अब एकअर्काप्रतिको मतभेद छाडेर कांग्रेसलाई कांग्रेस बनाउनेतिर लाग्नुपर्छ ।’
नेपाली कांग्रेसको आदर्श भनेको संसदीय शासन व्यवस्था रहेको उनले बताए । ‘कम्युनिस्टहरू संसदीय परम्पराअनुसार चलेका छैनन् । उनीहरूका कारण संसदीय व्यवस्था कमजोर हुँदै छ’, उनले भने, ‘अधिनायकवाद, निरंकुशता र तानाशासन आउने खतरालाई कांग्रेसले रोक्नुपर्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत