मन्त्री बिना मगरको किल्ला कांग्रेसद्वारा भत्काउन शुरू

बेलौरी । कञ्चनपुर जिल्लास्थित बेलौरी नगरपालिका वडा नम्बर १० मा महाकाली सुगरमिलमा सम्पन्न उखु हकहित संरक्षण समितिको निर्वाचनमा नेपाली कांग्रेस निकटको प्यानल विजयी भएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्यानललाई हराउँदै कांग्रेसका उम्मेदवारहरूको प्यानल अत्यधिक मतसहित विजयी भएको हो । कञ्चनपुर क्षेत्र नम्बर १ बेलौरी नगरपालिका वडा नम्बर १० मा पर्छ ।

यो क्षेत्रबाट सत्तारुढ नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी एवम् खानेपानीमन्त्री बिना मगरले जितेकी थिइन् ।

महाकाली सुगर मिलको उखु हकहित कृषक समितिको आइतबार बिहान सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका निकटका अध्यक्षका उम्मेदवार हरि चन्द ठकुरी नेतृत्वको प्यानल विजयी भएको छ ।

नेकपाबाट अध्यक्षका उम्मेदवार मिश्रिलाल राना नेतृत्वको प्यानललाई पराजित भएको छ ।

कांग्रेस समूहबाट अध्यक्ष पदका उम्मेदवार ठकुरीले ८४६ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ । ठकुरीका निकटतम प्रतिद्वन्द्वी नेकपाका रानाले ३८९ मत पाएका छन् ।

अध्यक्षका अर्का स्वतन्त्र उम्मेदवारी हीरालाल चौधरीले ९५ मत ल्याएका थिए ।

नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका ठकुरीको समूहका उपाध्यक्ष अर्जुनबहादुर सिंह ७६३, सचिवमा रामकृष्ण राना ५९८, कोषाध्यक्षमा चेतन राईले ७०१ मत ल्याएर भारी मतान्तरसहित विजयी भएका छन् ।

नेकपा समूहबाट उम्मेदवारी दिएका उपाध्यक्ष चक्रबहादुर कठायत ४६१, सचिव गुरुप्रसाद चौधरीले ३८४, कोषाध्यक्षमा रामप्रसाद जोशी २७९ मत ल्याएर पराजित बनेका छन् ।

क्षेत्रका ४ वटै स्थानीय, प्रदेश र संघमा विजयी भएको नेकपाको क्षेत्रमा भएको सुगर मिलको कृषक हकहित समितिमा नेपाली कांग्रेस नेतृत्वको समूहले विजयी हासिल गर्नुलाई कम्युनिस्टहरूबाट जनताको मोह भङ्ग हुँदै गएको अड्कल स्थानीयले गरेका छन् ।

सुगर मिलमा सम्पन्न निर्वाचनको परिणामले कञ्चनपुरको दक्षिणी क्षेत्रमा कांग्रेसको संगठन सुदृढ बन्दै गएको स्थानीय नेताहरूको दाबी छ ।

Published : Sunday, 2019 May 26, 9:51 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया