कांग्रेससँग मिलेको भन्दै नेकपाका सांसदलाई कारबाही
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर २ को धनुषा क्षेत्र नम्बर ४ को ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य सत्रुधन महतोलाई अनुशासनको कारवाही गरेको छ ।
नेकपा संसदीय बोर्डले आधिकारीक उम्मेदवार भरत साहलाई छनौट गरिसक्दा पनि सार्वजनिक लेखा समितिको संयोजक पदका लागि बागी उम्मेदवारी दर्ता गरेर अनुशासन उल्लंघन गरेकाले १५ दिनको लागि निलम्बन गरेको हो ।
प्रदेश सांसद सत्रुधन महतोले नेकपा संसदीय बोर्डको निर्णय विपरित सार्वजनिक लेखा समितिको संयोजकमा बागी उम्मेदवारी दिएर विद्रोह गरेको र अनुशासनहीनताको कार्य गरेकाले १५ दिनसम्मका लागि संसद पदबाट निलम्बन गरिएको नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डलले जानकारी दिए ।
गत शुक्रबार १५ दिनका लागि सांसद पदबाट निलम्बन गर्नका लागि सभामुख सरोजकुमार यादवलाई नेकपाको संसदीय बोर्डको निर्णय जानकारी गराइएको संसदीय दलका नेता मण्डलले जानकारी दिए ।
गत फागुनको पहिलो सातामा भएको संसदीय समिति सार्वजनिक लेखा समितिको लागि नेकपाको संसदीय बोर्डले सांसद भरत साहलाई आधिकारीक उम्मेदवार बनाएको थियो ।
प्रदेश सांसद सत्रुधन महतोले सत्तारुढ दल संघीय समाजवादी फोरम नेपाल, राजपा नेपालका सांसद र कांग्रेसका सांसदहरूले उचालेपछि हौसिएका सांसद महतोले सोहि पदमा बागी उम्मेदवार बनेका थिए । महतोलाई कांग्रेससँग मिलेको आरोप नेकपाले लगाएको छ ।
एकै दलबाट उम्मेदवारी दर्ता गराएका सांसद महतो र सांसद साहको उम्मेदवारी रद्द भएपछि मतदान हुन सकेको थिएन ।
मनोनयन पत्रमा समर्थकको रुपमा हस्ताक्षरमा आफ्नो फर्जी हस्ताक्षर गरिएको भन्दै नेकपाका सांसद रामकुमार यादवले संसद सचिवालयमा निवेदन दर्ता गराएका थिए ।
दुवै जनाको उम्मेदवारी रद्द भएको संसद सचिवालयले जनाएको थियो ।
प्रदेश सांसद सत्रुधन महतोलाई आन्तरिकरुपमा सत्तारुढ दल फोरमले उचालेपछि नेकपामा विवाद देखिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत