कम्युनिस्टहरूसँग लड्ने कांग्रेसको उर्जा गाउँमा छः रामहरि खतिवडा
भोजपुर । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले कांग्रेसले चुनाव हार्दा देश र जनताले दुःख पाएको बताएका छन् ।
जागरण अभियानअन्तर्गत भोजपुर जिल्लाको हतुवगढी गाउँपालिकाको घोडेटारमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै खतिवडाले कांग्रेसलाई सांगठनिक रुपमा बलियो बनाउनुपर्ने बेला आएको बताए ।
‘कांग्रेसले गाउँदेखि केन्द्रसम्म जोडिनका लागि जागरण अभियान चलाएको छ’, उनले भने, ‘यो अभियानले कांग्रेसका गाउँका कार्यकर्तामा उत्साह थप्ने कार्य गरेको छ ।’ उनले कम्युनिस्टहरूको अधिनायकवादसँग लड्ने उर्जा कांग्रेसलाई गाउँका कार्यकर्ताबाट प्राप्त हुने बताएका छन् ।
‘सम्पूर्ण हामी लोकतन्त्रप्रति आस्थावन नेपाली कांग्रेसको सिपाहीहरू अब लोकतन्त्र रक्षाको लागि हरेकले आफ्नो घर, टोल, वडा, गाउँपालिका, नगर र जिल्लामा संगठन मजबुद बनाउनुपर्छ’, पूर्वसांसद समेत रहेका खतिवडाले भने, ‘कांग्रेसले चुनाव हार्दा यहाँ नेपाली जनताको अधिकार खोसिएको छ ।’
उनले दुई तिहाइको बलियो कम्युनिस्ट सरकार हुँदा पनि बलत्कार, हत्य, हिंसा र भ्रष्टचार बढेको बताए । देशबाट भ्रष्टाचार अन्त्यका लागि कम्युनिस्टहरूले नसक्ने बरु बढाएर जाने बताए ।
उनले भने, ‘यो सरकारले एक सय र हजारको भ्रष्टचार समत्न सक्ने वाइड बडीको ४ अर्ब २५ करोड, बुडीगण्डकी ३०–४० अर्ब चाइनको विवादित कम्पनीलाई दिने, ३३ किलो सुन तस्करलाई समात्न नसक्ने कस्तो खालको अख्तियार हो यो ?’ अख्तियारले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई खुसी बनाउन ठूला माछाहरूलाई कारबाही र छानविन नगरेको कांग्रेस नेता खतिवडाले बताए ।
विगतमा ओली आफूले माओवादीलाई बाँदर भनेको प्रसंग कोट्याउँदै खतिवडाले भने, ‘केपी ओलीजी आफैले माओवादीलाई बाँदरहरू हुन् भन्नु भएको थियो । अहिले ओली र प्रचण्ड मिलेर एउटै पार्टी बनाएका छन् । सरकार चलाएका छन् । सजिलै अनुमान गर्न सकिन्छ बाँदरहरूले चलाको सरकार कस्तो हुन्छ होला ?’
कांग्रेसभन्दा धेरै सत्तामा बसेको तत्कालीन एमालेले देशलाई बर्बाद बनाएको उनले आरोप लगाए । ‘सधै एमालेहरूले ०४८ सालदेखी २०७६ सम्म कुनै पनि सरकार छोडेका छैनन्’, उनले भने, ‘कुनै पनि सरकार नछोड्ने अनि नेपाली कांग्रेसले केही गरेन भनेर एमालेले भन्नुको मतलब छैन । कांग्रेसलाई देखाएर एमाले आफू चोखिन खोजेको छ ।’
कम्युनिस्टहरूमाथि विश्वास गर्न नहुने खतिवडाले बताए । ‘एमाले र माओवादीहरू एकै ठाउँमा बस्दै आएका छन् । हिजोका दिनमा दिनभरि एमाले बन्ने । राति माओवादी बन्छन् भन्ने त्यति बेलाको आरोप अहिले आएर प्रमाणित भएको छ । कथित जनयुद्धका बेला एमालेले नै माओवादीलाई साथ दिएको रहेछ ।’
‘आखिर एउटै पार्टी हुने हो भने किन १७ हजार मान्छेलाई मारियो ?’, खतिवडाले प्रश्न गरे ।
नेपाली कांग्रेस राष्ट्रवादी पार्टी भएको उनले बताए । ‘आफूलाई राष्ट्रवादी हुँ भन्ने एमाले र माओवादीहरूको पार्टीका नेताहरूले अरुको देशका नेताहरूको फोटो राखेर कार्यक्रम गर्छन् । नेपाली कांग्रेसले विदेशी नेताको फोटो राखेर कार्यक्रम गर्दैन । आफ्नै देशका नेताहरूको तस्वीर राखेर कार्यक्रम गर्छ । राष्ट्रवादी कम्युनिस्टहरू हुन् कि नेपाली कांग्रेस हो ?’, उनले प्रश्न गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत