लेफ्टिनेन्ट कर्णेलका कारण नेपाली सेनाभित्र खैलाबैला
काठमाडौं । नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी) केशवराज कार्कीले भ्रष्टचार गरेको पुष्टि भएपछि पदबाट बर्खास्त गरिएको छ ।
गण र राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमको रकम अनियमितता गरेको ठहर भएपछि कार्कीलाई समरी जनरल सैनिक अदालतले भविष्यमा अयोग्य नठहरिने गरी तीन महिनाको कैद र बिगोसहितको फैसला गरेको उच्च स्रोतले जनाएको छ ।
प्रमुख सेनानीकार्की कालिसिद्धी गण उदयपुरका प्रमुख हुन् । कार्कीले राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम र गणको गरी कूल ४९ लाख २९ हजार ८ सय ८९ रुपियाँ हिनामिना गरेको अदालतले ठहर गरेको छ ।
चुरे तराई मधेस संरक्षण कार्यक्रममा कार्कीले १ लाख ६७ हजार हिनामिना गरेका थिए ।
सहायक रथी हिमांशु खड्काको अध्यक्षतामा रहेको अदालतले प्रमुख सेनानी कार्कीविरुद्ध उक्त आदेश दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत