गगनले ल्याए नमूना कार्यक्रम, दिदीबहिनीहरू खुसीले गदगद
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले आफ्नो क्षेत्रका महिला दिदीबहिनीहरूका लागि पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क शिविर सञ्चालन गर्न लागेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका सांसद थापाले जेठ ११ गतेदेखि यो अभियान सञ्चालन गर्न लागेका हुन् । उनको अभियान जेठ ११ गते बिहान दश बजे मइतीदेवीको विज्नेश स्कूलबाट सञ्चालन हुनेछ ।
निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा कसैलाई पनि भेदभाव गरिने छैन । ‘यो शिविरमा सबै महिला दिदी बहिनीहरू सहभागी हुन सक्नु हुनेछ’, रिपब्लिका दैनिकसँग थापाले भने, ‘सानो अभियानलाई निरन्तर रुपमा अगाडि बढाइनेछ । सबैको सहयोगको अपेक्षा लिएको छु ।’
युवा नेता थापाले आफ्नो क्षेत्रका सबै दिदीबहिनीहरूको अनिवार्य रुपमा पाठेघर र स्तनको निःशुल्क परीक्षणको अभियान चलाउन लागेको जानकारी दिए । यो कार्यक्रम आफ्नो क्षेत्रका सबै वडाहरूमा सञ्चालन गरिने थापाको भनाइ छ ।
‘म र मेरो सचिवालयले मेरो क्षेत्र नम्बर ४ सबै दिदी बहिनीहरूलाई निःशुल्क पाठेघर र स्तनको क्यान्सरका बारेमा जनचेतना फैलाउनुका साथै स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्न लागेका छौँ’, उनले भने, ‘प्रत्येक शनिबार निःशुल्क परीक्षण हुनेछ । यो परीक्षण दिदी बहिनीहरूका लागि अनिवार्य बनाएका छौँ ।’
सानो प्रयासले पाठेघरको मुख र स्तनको क्यान्सरका बारेमा जानकारी पाउन सकिने उनले बताए । ‘यो प्रयासलाई सबैको संयुक्त सहयोगमा मात्रै पूरा गर्न सकिनेछ’, युवा नेता थापाले भने, ‘काठमाडौं क्षेत्र नम्बर ४ मा जीवन बचाउने अभियानमा निर्वाचन क्षेत्रभित्रका सबै महिलाहरूलाई अनिवार्य रुपमा परीक्षणमा सहभागी गराउने अभियान चलाउने छौँ ।’
पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क परीक्षणलाई दुई महिनाभन्दा बढी समय प्रत्येक शनिबार चलाउने सांसद थापाले बताए ।
शिविरमा नआउनेलाई पनि घरघरमा पुगेरै शिविरमा सहभागी गराउने प्रयास गरिने थापाले बताए ।
नेपाल क्यान्सर रिलिफ सोसाइटीसँगको सहकार्यमा आफूले काठमाडौं क्षेत्र नम्बर ४ मा दिदी बहिनीहरूका लागि निःशुल्क परीक्षण गर्न लागिएको उनले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत